Responsive Ad Slot

latest

पृथ्वीले आह्वान गरेको चक्काजामका कारण तनहुँ र कास्कीमा सार्वजनिक सवारीसाधन सन्चालनमा आउन सकेनन् I

Saturday, December 31

/ by Admin BHOLA THAPA

पवन पौडेल
तनहुँ पुस १६ गते ।
आफ्नो समितिका सवारीसाधन हिजो गोरखामा तोडफोड भएको घटनाको विरोधमा पृथ्वीराजमार्ग सन्चालक समितिले आह्वान गरेको चक्काजामका कारण आज तनहुँ र आसपासमा सार्वजनिक सवारीसाधन सन्चालनमा आउन सकेका छैनन । गोरखा बस व्यवसायि समिति र पृथ्वी राजमार्ग बस सन्चालक समितिबिच केही समययता बस सन्चालनका बिषयमा आएको वीवादका कारण भएको झडपका क्रममा सवारीसाधन तोडफोड भएपछि पृथ्वीले आज तनहुँ र कास्की जिल्लामा सार्वजनिक सवारीसाधन सन्चालनमा रोक लगाएको हो ।

समितिका सदस्यहरु राजमार्गमा नै उत्रिएर कुनै पनि समितिका बसहरु सन्चालनमा आउन दिएका छैनन् । पोखराबाट छुटेका बसहरु पनि तनहुँको दमौली,डुम्रे तथा चितवन र पोखरातिरबाट छुटेका बसहरु आँबुखैरेनी,डुम्रै लगायतका स्थानमा रोकिएका छन् । नीजि सवारी र पर्यटक बस सन्चालनमा भने कुनै पनि अवरोध नगरिएको समितिले बताएको छ । चक्काजामको सुचना नपाएका कारण सन्चालनमा आएका सबैजसो सार्वजनिक प्लेट भएका सवारीसाधन सडकमा नै रोकिन बाध्य भएका छन् ।

यसैबिच,बन्द गराउन सडकमा निस्केका पृथ्वी राजमार्ग सन्चालक समितिका बरिष्ठ उपाध्यक्ष लालकुमार श्रेष्ठसहित ७ जना सदस्यलाई चितवन प्रहरीले जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको छ । उपाध्यक्ष श्रेष्ठसहितका सदस्यहरुले चितवनको आँपटारीमा विहानै सार्वजनिक सवारीसाधन रोक्ने प्रयासगरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ । अहिले उनीहरुलाई छोड्ने भनिएपनि उपाध्यक्ष श्रेष्ठले भने गोरखामा नियन्त्रणमा लिइएका आफ्ना २७ जना सदस्यहरुलाई नछाडिंदासम्म आँफुहरु हिरासतमुक्त नहुने बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI