Responsive Ad Slot

latest

कतारमा नेपाली पन्चैबाजा भित्रियो I

Sunday, December 4

/ by Admin BHOLA THAPA
तिलविक्रम थेबे,
दोहा -नेपाली जनप्रगतिशील मंचको आंगिक संगठन नेपाल प्रवास दलित एकता संगठनले दोहा कतारमा पहिलो चोटी पन्चैवाजा भित्र्याएको छ । गत बुधबार कतारस्थित नेपाली जनसमुदाय र पत्रकारहरुको उपस्थितिमा सो बाजाको लोकार्पण गर्दै पन्चैबाजाको अनौपचारिक रुपमा दोहा कतारमा सार्वजनिक गरिएको थियो । छ । नेपाली मौलिक लोकसंस्कृति बोकेको पन्चैबाजा कतारमा ल्याउन प्रेरणादायक भूमिका निर्वाह गर्ने भद्र व्यवसायी एवं समाजसेवामा सक्रिय रहेका इन्जिनियर कोमल बहादुर सिंह, जनप्रगतिशील मंच कतारका संयोजक रकमध्वोज राई तथा नेपाल प्रवास दलित एकता संगठनका अध्यक्ष बुद्धिराज परियारले संयूक्त रुपमा पन्चैवाजा नेपाली समुदाय विचमा लोकार्पण गरेका थिए ।

सो लोकार्पण कार्यक्रमको विशेष अतिथीको रुपमा आमन्त्रित ई. कोमलबहादुर सिंहले पन्चैवाजा कतारमा ल्याएर उदाहरणीय काम गरेकोमा आफूलाई गर्वलागेको र यस्तै सृजनात्मक काममा आफ्नो तर्फबाट निस्वार्थ सहयोग रहने वचन दिएका थिए । नेपाल प्रवास दलित एकता संगठनका अध्यक्ष बुद्धिराज परियारको अध्यक्षता, उपाध्यक्ष विजय सुन्दासको स्वागत र अशोक विकको संचालन रहेको सो लोकार्पण कार्यक्रमको प्रमुख अतिथी नेपाली जनप्रगतिशील मंचका संयोजक रकमध्वोज राई रहेका थिए । अन्य आमन्त्रित अतिथीहरुले संगठनले उदाहरणीय काम गरेकोमा धन्यवाद एवं शुभकामना दिएका थिए । प्रगतिशील यातायात मंचका अध्यक्ष रमेश भट्ट, जनसांस्कृतिक मंचका इन्चार्ज बलदेव राना, अध्यक्ष कृष्ण परियार, लोकतान्त्रिक मंच कतारका अध्यक्ष रामहरी गैरे, युवा अगुवा लक्ष्मण खतिवडा, समाज शुभचिन्तक तथा साहित्यसाधक दिपक भेटवाल, युवा व्यवसायीहरु राज रेग्मी, नरेन्द्र सेन लगायतका अतिथीहरुले दलित एकता संगठनको उदाहरणीय कार्यको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।

यसै विचमा नेपाल प्रवास दलित एकता संगठनका कलाकारहरुले एक विशेष कार्यक्रमको आयोजना गरी व्यवसायी एवं समाजसेवी ई.कोमलबहादुर सिंहको निवासमा पन्चैबाजाको हृदयस्पर्शी धुन प्रस्तुत गरेका थिए । नेपाली मौलिक पन्चैबाजाको धुन सुन्नको लागि कतारमा रहेका नेपालीहरुको पनि बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा कलाकारहरुले नेपाली लोकबाजाको प्रत्यक्ष मौलिक नेपाली धुन प्रस्तुत गर्दै धुनसंगै लोकदोहोरी गीतहरु गाएर कार्यक्रमलाई थप रोचक बनाएका थिए । आफ्नो निवासमा नेपाली लोक पन्चैबाजामा नेपाली धुन सुन्न पाउदा ई.कोमलसिंह र उनका परिवार अत्यन्त हर्षित हुदै पन्चैबाजाको धुनसंगै कलाकार कृष्ण परियारले गाएको देउडा र पश्चिम नेपालको भाकामा गाइएको लोक दोहोरीमा घरमूली स्वयम् छमछमी नाँचेका थिए भने अन्य आगन्तुकहरुले उनलाई साथ दिएका थिए । सो कार्यक्रममा कलाकारहरुलाई उत्साहस्वरुप ई. कोमलबहादुर सिंहले दुईहजार रियाल प्रदान गरेका थिए भने अर्का उदियमान युवा व्यवसायी राज रेग्मीले एकहजार रियाल प्रदान गरेका थिए ।

आगामी दिनमा पन्चैबाजा कतारको नेपाली दुतावासमा पनि सार्वजनिक गर्दै कतारस्थित नेपाली समुदायविच विभिन्न कार्यक्रममा यसको मौलिक धुन प्रस्तुत गर्दै जाने सो संगठनका अध्यक्ष बुद्धिराज परियारले बताएका छन् । कार्यक्रमलाई सफल बनाउनको लागि रमेश भटट, बलदेव राना तथा विजय सुन्दासको सक्रिय भुमिका रहेको थियो ।
पच्चैबाजामा टयाम्को, सहनाई, दमाहा, नरसिंगा, ढोलक, झ्याम्टा लगायतका नेपाली बाजाहरु समेटिएकाछन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI