Responsive Ad Slot

latest

चितवन युवा समूहको दसौँ साधारण सभा कतारमा हुँदै I

Saturday, December 31

/ by Admin BHOLA THAPA

रवि रोषी दोहा
चितवन यूवा समूह दोहा कतारको दशौँ साधारण सभा हुने भएको छ । चितवन युवा समूह दोहाका तदर्थ समिती अध्यक्ष होमनाथ पौडेलले कार्यक्रमको बारेमा जानकारी गराउँदै सो साधारण सभामा उपस्थित हुन सवै संघ संस्थाका प्रतिनिधी लगायत चितवने तथा गैर चितवनेहरुलाई पनि आमन्त्रण गर्दछौँ भेटक्रममा उनले भने । दोहाको नेशनल स्थित ढाका रेष्टुरेन्टमा यहि आउँदो फेब्रुअरी ३ तारिख शुक्रवारका दिन ठिक १ बजेबाट कार्यक्रम हुने जानकारी गराउँदै चितवन युवा समूहका वर्तमान कार्यसमितीले नितान्त चितवनको विभिन्न क्षेत्रमा भौतिक तथा आर्थिक सेवा र सहयोगको बारेमा पनि थप चर्चा परिचर्चा गरिने र आगामी समयबाट नितान्त चितवनको हकमा शिक्षा, स्वास्थ्य तथा खानेपानी जस्ता शिर्षकहरुमा निशुल्क सहयोग प्रदान गर्ने कार्यक्रमलाई अझ बढी कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा पनि बिशेष छलफल हुने कुरा चियुसका महासचिव गणेश ढकालले बताए ।

सो कार्यक्रममा तदर्थ समितीका अध्यक्ष पौडेलको रोहबरमा निर्वाचन कमिटी पनि गठन गरीएको जानकारी गराए । उक्त निर्वाचन कमिटीका संयोजक चितवन युवा समूहका पूर्व उपाध्यक्ष तथा बुद्धिजीवी कमल आचार्य रहेका छन् । क्षेत्रगत रुपमा गठन गरिएको सम्पर्क समितीमा सम्पर्कका लागि सनैयाबाट प्रेम परियार, मतारकदिमबाट कविराज सुवेदी, अलखोरबाट बुद्धि पाठक, नज्माबाट कुलदीप थपलिया, उम सलालबाट देवनारायण श्रेष्ठ र रैयानबाट गुरु प्रसाद तिवारीको पनि विशेष सम्पर्क समिती गठन गरिएको महासचिव ढकालले जानकारी गराए ।
Don't Miss
© all rights reserved
made with by netKUTI