उपेन्द्र लामिछाने, वीरगन्ज, मङ्सिर २४- वीरगन्ज–१८ भेडियाही नजिकको सिसौघारीमा अज्ञात समूहले स्थानीय एक युवकको हत्या गरेको छ। वीरगन्जस्थित वर्कसपमा कार्यरत् भेडियाही निवासी ३५ वर्षीय हरिनारायण साहको गए राति घर फर्कने क्रमममा हत्या भएको प्रहरीले जनाएको छ।
छातीमा गोली लागेका साहको शनिबार बिहानमात्र सनाखत भएको थियो। मृतकका आफन्तले साहको मृत्युमा प्रहरीको संलग्नता रहेको आरोप लगाउँदै शव राखिएको नारायणी उपक्षेत्रीय अस्प्तालअगाडि केहीबेर प्रदर्शनसमेत गरेका थिए।
पर्सा प्रहरीका प्रवक्ता दिवेश लोहनीले हत्याको विषयमा अनुसन्धान सुरु भएको जानकारी दिए। 'शनिबार बिहानमात्र मृतकको सनाखत भएको छ', उनले भने– हत्या कसले किन गर्यो भन्ने अनुसन्धानपछि थाहा हुनेछ। साभार नागरिक न्युज