राजविराज, पुस १५ गते ।
सप्तरीको पकरी गाविसमा बिहीबार मध्यरात लागेको भीषण आगलागीबाट सिंगो गाउँ नै खरानी भएको छ । राती ११ बजेतिर एक घरबाट सल्केको आगो तत्काल नियन्त्रण गर्न नसक्दा ४६ घर नष्ट भएका छन् । आगलागीबाट १ करोड २६ लाख बराबरको धनमाल जलेको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट पीडितहरुले आफ्नो ज्यान र जीउमा लगाएको लुगा मात्र बचाँउन सके ।
पीडितहरु बाँसको पाल लगाएर बसेका छन् । घटनास्थलमा शुक्रबार बिहानसम्म पनि समान पाउने आशाले पीडितहरु खोज्दै गरेको दृश्य निकै दर्दनाक थियो । आगलागी नियन्त्रण र उद्धारका केही तस्बिरः
तस्बिरः वैद्यनाथ यादव/ उज्यालो