Responsive Ad Slot

latest

घुस लिँदालिदै प्रहरी सहायक निरीक्षक पक्राउ I

Saturday, December 31

/ by Admin BHOLA THAPA

पर्सा, पुस १६ गते ।

जिल्ला प्रहरी कार्यालय पर्साले अस्थायी प्रहरी चौकी डोकैला बहुवरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज मिश्रलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका इन्चार्ज प्रहरी निरीक्षक सन्तु जयसवालको कमान्डमा गएको प्रहरी टोलीले सहायक निरीक्षक मिश्रलाई रकम लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ परेका सहायक निरीक्षक मिश्रले अवैध कारोवारलाई संरक्षण दिएको आरोपमा थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो । पक्राउ परेका मिश्रले पर्साको राष्ट्रिय वनबाट अवैध फँडानी गरी भारततर्फ बिक्री गर्ने समूहलाई संरक्षण दिन रु १७ हजार लिँदै गरेको अवस्थामा पक्राउ गरिएको नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी अधिकृतले बताए ।

Don't Miss
© all rights reserved
made with by netKUTI