Responsive Ad Slot

latest

मुलुकको पहिचान गुम्ने खतरा रहेको काङ्ग्रेस उपसभापति पौडेलको भनाइ I

Saturday, December 31

/ by Admin BHOLA THAPA
चितवन पुस १६ गते ।
नेपाली काङ्ग्रेसका उपसभाति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेलले दलहरुको क्रियाकलापले सिङ्गो मुलुकको पहिचानको उपेक्षा गरेकोले मुलुकको पहिचान गुम्ने खतरा वढेको बताउनुभएको छ । आमा ऋषिमाया पौडेलको १३ औं दिनको पुण्यतिथिमा चितवनमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले अहिले साना तिना समूहहरुले आफ्नो पहिचान खोजिरहेका बेला मुलुकको पहिचान खोज्नु पर्ने अवस्था आएको बताउनुभयो ।
जनादेश अनुसार काम हुन नसकेकै कारण नेपाल र नेपालीको पहिचान खोज्नुपर्ने अवस्था आएको भन्दै पौडेलले चितवन काङ्ग्रेसमा देखिएको चरम विवाद प्रति संकेत गर्दै भन्नुभयो ः जिल्लामा पार्टीको असहज प्रतिस्थितिलाई मिलाएर अगाडी बढ्नुपर्छ । 


काङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति र संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेकाले दलहरु मलेर वाँकी रहेका कामहरु छिट्टै टुङग्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले जेष्ठ १४ भित्र संविधान निर्माणको काम सक्न दलहरुबीचको एकता अपरिहार्य रहेको वताउनु भयो । विपिको मेलमिलापको निती अहिले पनि सान्र्दभिक रहेको उल्लेख गर्दै नेता सिटौलाले विपिले प्रतिपादन गरेको मेलमिलापको निती अहिलेका दलहरुले पनि अनुसरण गर्नु पर्नेमा जोड दिनुभयो ।
पार्टीबाट विपीको सिद्धान्त हराउँदै गएकाले आन्तरिक विवाद बढेको भन्दै उहाँले मुलुकको वृहत्तर विकासका लागि पार्टीभित्रको एकता आवश्यक रहेको वताउनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI