Responsive Ad Slot

latest

विश्वेश्रप्रसाद कोइराला स्वदेश फर्केको दिनको सम्झनामा आज नेपाली काँग्रेसले देशभर राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै I

Saturday, December 31

/ by Admin BHOLA THAPA

काठमाण्डौ, पुस १६ गते ।
राष्ट्रियता र प्रजातन्त्रको रक्षाको लागि लामो समयसम्म भारत प्रवासपछि विश्वेश्रप्रसाद कोइराला स्वदेश फर्केको दिनको सम्झनामा आज नेपाली काँग्रेसले देशभर राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदैछ । आफूविरुद्ध लागेका झण्डै आधा दर्जन बढी मुद्दाको बेवास्ता गर्दै ज्यानको जोखिम लिएर राष्ट्रियता र प्रजातन्त्र सङ्कटमा परेको भन्दै २०३३ साल पुस १६ अर्थात आजकै दिन बिपी कोइराला स्वदेश फर्कनुभएको थियो ।

दिवसकै अबसर पारेर काग्रेसले जिल्लाभर विभिन्न कार्यक्रमहरु तय गरेको छ । त्यसकालागि नेताहरु जिल्ला जिल्लामा पुगिसकेका छन । दिवसको अबसर पारेर बिपी कोइरालाले जेल जिवन बिताएको सुन्दरी जलमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको कांग्रेसले जनाएको छ ।
यसैबिच नेपाली काँग्रेसका नेता तथा पुर्व सभामुख तारानाथ रानाभाटले देशलाई बचाउन र राष्ट्रियतालाई जोगाउन बिपिले लिएको अभियानका रुपमा आजको दिनलाई सम्झनुपर्नेमा जोड दिनुभएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI