Responsive Ad Slot

latest

चितवनमा ट्राफिक चेतनामा बृद्धि I

Thursday, December 22

/ by Admin BHOLA THAPA
चितबन
पुस ७ -ट्राफिक सप्ताह मनाएसंगै चितवनमा सवारी चालकहरुमा ट्राफिक नियम सम्बन्धी चेतना स्तरमा बृद्धिभएको ट्राफिक कार्यालयका तथ्याङकले देखाएको छ ।

ट्राफिक नियम उलंघन गरेवापत अशुल गरिने जरिवानाको तथ्याङलाई आद्यार मान्ने हो भने चितवनमा ट्राफिक चेतनामा बृद्धिभएको मान्न सकिने ट्राफिक कार्यालयको भनाई छ । गत मंसिर महिनामा ट्राफिक नियम उलघंन गरेवापत १३ सय २२ जना सवारी चालक कावार्हीमा परेका छन् ।

उनीहरुवाट ट्राफिक कार्यालयले १ लाख ३३ हजार ३ सय ५० रुपैया“ राजश्व संकलन गरेको छ । यस अघि कार्तिक महिनामा कार्यालयले १६ सय ५९ जना सवारी चालकलाई कावार्ही गरी जरिवाना स्वरुप १ लाख ६७ हजार ७ सय ५० रुपैया“ राजश्व संकलन गरेको थियो । यस्तै असोज महिनामा १८ सय ९१ जना सवारी चालकलाई कावार्ही गरी २ लाख ९ हजार ७ सय रुपैया“ राजश्व संकलन गरेको थियो ।

राजश्व संकलनमा आएको भारी गिरावटले ट्राफिक नियम उलंघन गर्ने सवारी चालकहरुको संख्यामा कमि आएको देखाएको छ । ट्राफिक सप्ताह मनाए यता चितवनमा ट्राफिक कार्यालय भरतपुरले ट्राफिक छडके चाजलाई समेत तीब्र पारेको ट्राफिक प्रमुख कृष्णदत्त भट्टले जानकारी दिनुभयो । ट्राफिक नियम उलघंनका घटनामा कमि आए संगै दुर्घटनामा पनि कमि आएको उहा“को भनाई छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI