Responsive Ad Slot

latest

मगर संघको सनैयाँ - A एरिया भेला सम्पन्न I

Wednesday, December 7

/ by Admin BHOLA THAPA
शरण थापा, मगर दोहा - नेपाल प्रवासी मगर संघ दोहा कतार सनैयाँ-A एरिया समितीले २०११ गत सेप्टेम्वर ४ तारिक सनैयाँ-A एरिया समितीका उपाध्यक्ष लेख बहादुर मगरको सभापतित्वमा केन्द्रिय समितीका महासचिव शरण थापा मगरको प्रमुख आतिथ्य तथा सचिव भिम तरामु मगर सदस्यहरु महेन्द्र थापा मगर शेर बहादुर रोका मगर र केशव घर्ती मगरको आतिथ्यमा सनैयाँको लालीगुराँस रेष्टुरेन्टमा एरिया भेला सम्पन्न गरेको छ .






सो भेलाले बिर बहादुर थापा मगरको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा लेख बहादुर मगर सचिवमा रेशम आलेमगर सह-सचिवमा गणेश थापा मगर कोषाध्यक्षमा गोकुल थापामगर सह-कोषाध्यक्षमा कृष्ण सारु मगर सदस्यहरुमा क्रमश: विष्णु थापा मगर कर्ण बहादुर रेश्मी मगर टेक बहादुर राना मगर बुद्धि बहादुर राना मगर तुल बहादुर पुन मगर कुमार सिंह बुढा मगर कुल बहादुर थापा मगर हिक बहादुर थापा मगर निलम थापा मगर नेत्र बहादुर थापा मगर बिरेन्द्र कु थापा मगर रहेका छन् ।


यसैगरी सोही भेलाबाट आउँदो ९औं केन्द्रिय अधिवेशनको लागि खिम बहादुर राना मगर र सुर्य बहादुर थापा मगर एरिया प्रतिनिधी चुनिएका छन् । स्मरण रहोस् एरिया समितीले एरिया भेलाबाट चुनेका दुई प्रतिनिधीहरु आगामी केन्द्रिय समितीको लागि सुनिश्चित हुने प्रावधान संघको बिधानले ब्यवस्था गरेको छ ।


कार्यक्रमको औपचारिकतासँगै शुरु भएको उक्त कार्यक्रममा साचालकद्वारा स्वागत मन्तव्य दिनुभएपछी उपस्थित सम्पुर्ण अतिथीहरुले शुभकामना मन्तव्य दिएका थिए । मन्तव्यको क्रममा वक्ताहरुले सनैयाँ-ब् एरिया समितीले शुरुवात देखि नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा व्यक्त गर्नुका साथै मगर संघको अवस्था उद्देश्य बारेमा भनाई राखेका थिए । अर्का अतिथि तथा केन्द्रिय सदस्य महेन्द्र थापा मगरले संगठनको मातहतमा साचालित मगर बचत कोषको अवस्था र उद्देश्यको बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा उपसचिव रेशम आलेमगरले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष खिम ब रानामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेपछि अनुमोदन गराईको थियो ।


केन्द्रिय महासचिव शरण थापा मगरले नयाँ कार्यसमितीलाई सपथ ग्रहण गराउनुभएपछि नयाँ कार्यसमिती अध्यक्षले समय र परिस्थिती अनुसार संगठनमा रचनात्मक तरिकाहरु अपनाउँदै अघि बढ्ने बताउदै भावी योजनाहरुको बारेमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापतिबाट उपस्थितीमा धन्यवाद सहित औसिंपचारिकरुपमै कार्यक्रमकको बिसर्जन गरिएको थियो । साथै भेला लगत्तै सोही दिन बसेको पहिलो बैठकले ईन्द्र ब थापामगरलाई सल्लाहकारमा चयन गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI