Responsive Ad Slot

latest

उत्तरशीलामा निर शाहको मसान I

Sunday, December 11

/ by Admin BHOLA THAPA
कृष्ण न्यउपाने
दमौली मंसिर २५
नीर शाहले निर्देशन गरेको पछिल्लो चलचित्र 'मसान' शनिबारदेखि दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शनमा आएको छ । गोपालप्रसाद रिमालद्वारा लिखित नाटक 'मसान' मा आधारित चलचित्रमा वि।सं। २००२ सालको नेपालको सामाजिक परिवेशलाई चित्रण गरिएको छ ।
चलचित्रमा सधैं यौवना भइरहोस् र त्यसको भोग गर्न सकूँ भन्ने हेतुले थाहा नै नदिई आफ्नै श्रीमतीलाई गर्भधारण गर्न नसक्ने औÈधि ख्वाउने कृष्णमानको प्रवृत्तिले पितृसत्तात्मक समाजको जर्जर अवस्थाको चित्रण गरेको छ ।
श्रीमान्को कुकर्मको सिकार बनेको थाहा नपाएकी श्रीमती भने श्रीमान्लाई असाध्यै माया गछिर्न । श्रीमान्लाई आफ्नै धन मान्ने श्रीमती श्रीमान्लाई पुत्रसुख दिलाउन आफैं सौताको माग गर्छिन् । सौताबाट जन्मने छोरामा श्रीमान्को अंश रहने भएकाले आफ्नो पनि हुने उनको आशय हुन्छ । उता नयाँ दुलही आफूलाई छोरा पाइदिने मेसिनका लागि मात्रै प्रयोग गरिएको भन्दै आफ्नो हक दाबी गर्न थाल्छिन् ।

निर्देशक शाहकै पटकथा रहेको चलचित्रमा परिवारभित्रको मानवीय संवेदनालाई आकÈ्रक ढंगले चित्रण गरिएको छ । चलचित्रमा कृष्णमानको भूमिका राजवल्लभ कोइरालाले निर्वाह गरेका छन् भने उनकी श्रीमती हेलेनको भूमिकामा केकी अधिकारी प्रस्तुत भएकी छिन् । नयाँ दुलहीका रुपमा नायिका निता ढुंगानाले अभिनय गरेकी छिन् । चलचित्रमा दिनेश डिसी तथा केशव भट्टराईले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
चलचित्रमा सुनील बर्देवाको संगीत छ भने साजय लामाको छायांकन । निर्जल श्रेष्ठले राणाकालीन समयको वेशभूÈा तथा परिवेशमा पात्र तथा वातावरणको कला निर्देशन गरेका छन् । चलचित्रलाई चलचित्र विकास बोर्डले विशेष सिनेमा समेत घोषणा गरिसकेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI