काठमान्डौ
मंसिर १९-सुनचाँदी पसलमा कार्यरत जुजुकाजी बज्राचार्यको हत्याको विरोधमा नेपाल सुनचाँदी व्यवसायी सङ्घ ललितपुरले आज ललितपुर जिल्ला बन्द आह्वान गरेको छ । हत्यारालाई कारबाही र सुरक्षा माग गर्दै सुनचाँदी व्यवसायी संघ र नेपाल उद्योग बाणिज्य संघले संयुक्तरूपमा ललितपुर बन्द आह्वान गरेका हुन् । बन्दको ललितपुरमा पुर्ण प्रभाव परेको छ । हत्याको बिरोधमा हिजो सुनचाँदी व्यवसायीले कामकाज बन्द गरि गृहमन्त्री र जिल्ला प्रशासन कार्यालय तथा प्रहरी प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । नेपाल सुनचाँदी व्यवसायी सङ्घले सुन व्यवसायीमाथि भएको हत्या आम व्यवसायीमाथिको हत्याको रूपमा लिइएको बताउँदै घटनामा संलग्न अपराधीलाई अविलम्ब पक्राउ गर्न माग गरेको छ ।
ललितपुरको पुल्चोकस्थित गुण ज्यासः पसः सुन पसलमा कार्यरत जुजुकाजी बज्राचार्य गत शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए ।यसैीवच चार विद्यार्थी संगठन र यातायात व्यवसायी संघले आह्वान गरेको अनिश्चितकालीन मेची राजमर्ग वन्दका कारण ताप्लेजुङ र पाँचथरको जनजिवन प्रभावित वनेको छ । वन्दका कारण ती जिल्लावाट अन्यन्त्र छुट्ने लामो तथा छोटो दुरिका कुनैपनि सवरीसाधन छुटेका छैनन् भने अचानक भएको यातायात वन्दले यात्रुहरु अलपत्र परेका छन् ।स्थानिय प्रसाशन र यातायात व्यवसायी संघबिच भाडा समायोजनको बिषयमा शनिवार र हिजो भएका छलफल बिना निश्कर्ष टुङ्गिए पछि ताप्लेजुङ्गका ४ बिद्यार्थी संगठनले अनिश्चितकालिन बन्दको आह्वान गरेका हुन् । यातायात ब्यवसायीले भने ७ दिन भित्रमा आफ्ना संगठनहरुसंग छलफल गरेर भाडा समायोजन गर्ने बताउँदा पनि सरकारले तत्काल समायोजन गर्नु पर्ने दबाव दिएर भाडादर घटाउन खोजेको भन्दै अनिश्चितकालिन मेचि राजमार्ग बन्दको घोषण गर्नु परेको बताएका छन् ।