नारायण सापकोटा,
चितबन मंसिर २१ -नेपालि काग्रेसका महामन्त्रि कृष्ण प्रसाद सिटौलाले जेलमा भएको मानिसको समेत सुरक्षा गर्न नसक्ने सरकारलाई कुर्चिमा बस्ने अधिकार नभएको बताउनु भयो । चितबनको भरतपुर कारागारमा तरुणदल चितबनका अध्यक्ष शिब पौडेल सहित अन्य ५ जना गम्भिर घाईते हुने गरी हिजो भएको घटना प्रहरी र प्रसानसको मिलेमतोमा भएको दाबि समेत गर्नु भयो । उहाले सरकारले हिजो गठन गरेको छानबिन आयोग माथि समेत प्रश्न चिन्ह उठाउनु भएको छ ।
चितबनको प्रसासनले हिजै घटनाको बिषयमा धाबा बेलेको भन्दै सिटौलाले आयोग माथी प्रश्न चिन्न उठेको बताउनु भयो । आयोगलाई निष्पक्ष छान बिन गर्न समेत आग्रह गर्नु भएको छ । घटनाको बिरोघमा नेपालि काग्रेस, नेबिसंघ ,तरुण दल चितबनले आयोजना गरेको चितबन बन्दलाई नारायणगढको पूलचोकमा संबोधन गर्दै सिटौलाले सो कुरा बताउनु भएको हो । यसै बिच सरकारले आफ्ने मागलाई संबोधन गरेको भन्दै चितबनको बन्द दिउसो साढे १ बजेबाट फिर्ता लिएको छ । घटनाको बिरोधमा अन्य प्रकारका कार्यक्रमहरु भने जारी राख्ने जनाईएको छ ।