भरतपुर
पुस १-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि यूनियन कान्तिकारी सिटिईभिटी दक्षिण जिल्ला समिती चितबनले आशा अस्पताल र ओएसिस मडिकल कलेज भरतपुरमा मंसिर २७ गतेबाट लगाएको ताला आजबाट खुलेको छ । समितीका सदस्य ,बिभिन्न राजनैतिक दलका प्रतिनिधि ,बिभिन्न बिद्यार्थी संगठनका प्रतिनिधि र चितबन जिल्लामा सिटिईभिटी पढाई हुने सघसंस्थाका प्रतिनिधि बिच आज जिल्ला प्रसासन कार्यलय चितबनमा भएको बर्ता सकरात्मक भन्दै तत्कालको लागी आन्दोलन स्थगित गरीएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि यूनियन कान्तिकारी सिटिईभिटी दक्षिण जिल्ला समिती चितबनका अध्यक्ष गोल कुमार बस्नेतले बताउनु भयो ।
बर्तामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ३ दिन भित्र कार्यदल बनाउने र सो कार्यदलले काम सुरु गर्ने त्यस्तै बैज्ञानिक शुल्क निर्धारण समिती गठन गर्ने लगायतका सहमति भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि यूनियन कान्तिकारी सिटिईभिटी दक्षिण जिल्ला समिती चितबनले १५ दिन भित्रमा माग पुरा नभए फेरी आन्दोलन गर्ने चेताबनि दिएका छन् ।
यसैबिच बर्ता हुदाहुदै आशा अस्पताल र ओएसिस मेडिकल कलेजका छात्राहरुले केहीबेर बार्ता बहिष्कार गर्दै प्रसासन कार्यलयको मुल गेटमा नारा बाजि समेत गरेका थिए ।