बुधबल तमु ÷ बिल तमु
डिसेम्बर १९, दोहा – “भाषा, संस्कृति र भेषभुषा हाम्रो पहिचान, शैक्षिक, सामाजिक र आर्थिक जागरण हाम्रो अभियान” भन्ने मुल नाराका साथ कतारवासी तमूहरुको साझा संस्था तमु बौद्ध सेवा समिति कतारको पॉचौं साधारण सभा गत डिसेम्बर १६ शुक्रवारका दिन नया“ नेतृत्व चयन गरि ९ बु“दे कार्ययोजना समेत पारित गर्दै सम्पन्न भएको छ । दोहा स्थित केरला कल्चर सेण्टरको सभाहलमा सम्पन्न सो सभाले आगामी २ बर्षको लागि बिमल तमुको अध्यक्षतामा २ महिला सदस्य सहिति १७ सदस्यीय नयॉ कार्य समितिको चयन गरेको छ ।
समितिका निवर्तमान अध्यक्ष जगन तमूको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममको प्रमुख अतिथी नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष मान बहादुर सॉवा लिम्बु र विशेष अतिथी संस्थाका निवर्तमान निर्देशक सल्लाहकार बुधबल तमू हुनुहुन्थ्यो । अन्य अतिथीहरुमा संस्थाका सललाहकारहरु अमृत तमू, बिल तमू, अमृत घले, थारु कल्याणकारीणी सभा कतार च्याप्टरका सभापति ई.विद्यानन्द चौधरी, किरॉत राई यायोख्खाका अध्यक्ष चन्द्रशेर राई, किरॉत याक्थुङ्ग चुम्लुङ्ग कतारका का.वा.अध्यक्ष ज्ञानेन्द्र पन्दाक, नेपाल प्रवासी मगर संघ कतारका सचिव भीम तरामु मगर, नेपाल प्रवासी तामाङ्ग समाज कतारका सचिव सुशिल तामाङ्ग, नेपाल प्रवासी भुजेल सेवा समाजका अध्यक्ष टंक भुजेल, नेवाः पुचका अध्यक्ष राधेश्याम महर्जन, आदि थिए ।
दुई चरणमा विभाजित कार्यक्रमको प्रथम खुल्ला सत्रमा संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत तथा अतिथीहरुबाट शुभकामना दिने कार्यक्रम राखिएको थियो । प्रमुख अतिथीको आशनबाट बोल्दै नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष मान बहादुर सॉवा लिम्बुले सबै जनजातिहरु आफ्नो भाषा संस्कृतिको संरक्षण संग संगै शैक्षिक तथा आर्थिक क्षेत्रमा पनि सवल हुन जरुरी भएको बताउनु भयो ।
“जब सम्म शैक्षिक रुपमा हामी अगाडी आउदैनौ तब सम्म राज्यको कुनै पनि अंगमा पहु‘च बढाउन सक्दैनौ‘” – उहॉले भन्नु भयो – “राज्यमा आफ्नो हक अधिकार सुनिश्चित गर्नको लागि राजनैतिक क्षेत्रबाट पनि अग्रसर रहन जरुरी छ ।”
बन्द सत्रमा महासचिव खेम तमूले प्रस्तुत गर्नु भएको संस्थाको प्रगति प्रतिवेदन र आगामी कार्ययोजना, कोषाध्यक्ष पूर्ण तमुले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र तमु सॉस्कृतिक परिवारको तर्फबाट बिमल तमूले प्रस्तुत गर्नु भएको प्रतिवेदन उपर छलफल गरी आबश्यक संसोधन सहित पारित गरिएको थियो । आगमी २ वर्षे कार्यकालको लागि नया“ नेतृत्व चयन गर्नको लागि समितिको विधान अनुसार बुधबल तमुको संयोजकत्वमा बिल तमु र जगन तमु सदस्य रहने गरि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचन समितिले तय गरेको कार्यक्रम अनुसार बिमल तमु (कास्की) को अध्यक्षतामा नयॉ कार्य समिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुमा क्रमशः प्रथम उपाध्यक्ष कृष्ण तमू (लमजुङ्ग), द्वित्तिय उपाध्यक्ष मदन तमू (कास्की), महासचिवमा खेम तमू (चितवन), सचिव भाईकाजी तमू (खोटाङ्ग), कोषाध्यष ऑशु तमू (चितवन), सह कोषाध्यक्ष नन्दु घले (चितवन), पूर्वाञ्चल सम्पर्क सदस्यमा केशरसिंह तमू (सुनसरी), पश्चिमाञ्चल सम्पर्क सदस्यमा बुद्ध तमू (कास्की) सदस्यहरु महादेव तमू (कास्की), दुर्गा तमू (चितवन) टक प्रसाद तमू (रुपन्देही), आश बहादुर तमू (गोरखा), जस बहादुर तमू (लमजुङ्ग), तोरण तमू (रुपन्देही), महिला सदस्यहरुमा टौमाया तमूस्यो (स्याङ्गजा) र कल्पना तमूस्यो (रसुवा) रहेका छन् ।
सोही कार्यक्रमले समितिको संरक्षकत्वमा स्थापित तमू सॉस्कृतिक परिवार कतारको पनि १३ सदस्यीय नयॉ कार्य समिति निर्विरोध रुपमा चयन गरेको छ । टक प्रसाद तमूको अध्यक्षमा चयन भएको नयॉ कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तोरण तमू, सचिवमा विल्सन तमू, कोषाध्यमा सूर्य तमू, सदस्यहरुमा सन्जु तमू, दयाराम तमू, देवीजंग तमू, बिरु तमू, चोक तमू रहेका छन् । बांकी रहेका ४ सदस्य भने पछि थप गरिने जनाईएको छ । त्यसै गरी सोही साधारण सभाले खेलकुद समितिको नयॉ कार्य समिति चयनको लागि भने बुद्ध तमूलाई संयोजक तोकी नयॉ कार्य समिति चयन गर्ने जिम्मेवारी दिएको छ ।<