पार्टीबाट अलग्गिने कुरामा सोच्न सकिने । अन्यथा पार्टी फुट्ने घोषणा गर्न मात्र बाँकी रहेको माओवादी सचिव सीपी गजुरेलको भनाई
काठमाडौं
काठमाडौं
मंसिर २७ - एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी फुटको घोषणा मात्र हुन बाँकी रहेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा मंगलबार गरेको पत्रकार भेटघाटमा बैद्य पक्षमा रहेका सचिव गुजरेलले अब छिट्टै पार्टी फुटको घोषणा हुने बताउनु भयो ।
नेता गजुरेलले केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबराम भट्टराईले असक्षमता प्रकट गरि क्षमायाचना गरेमा भने पार्टी नफुट्न सक्ने बताउनु भयो । आफ्नो निर्णय आफै लागू गर्न नसक्ने नेतृत्व असक्षम भएको पुष्टि भइसकेको उहाँको भनाई छ ।
नेतृत्वले सत्ता र सुविधाको लागि जस्तोसुकै आत्मसमर्पण गर्न थालेको उहाँको भनाई छ । ‘नेतृत्वले प्रतिगमनकारी वर्गलाई रिझाउन लागेको छ’ पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईप्रति संकेत गर्दै सचिव गजुरेलले भन्नुभयो, ‘पार्टीमा बालुवाटारे पार्टी र त्यसको बिरोधमा अर्को पार्टी खडा भई सकेको छ ।’
सचिव गजुरेलले पार्टी फुटेमा आफ्नो पक्षको नेतृत्व मोहन बैद्य किरणले गर्ने बताउनु भयो । संविधानसभा र जनतालाई प्रभावित पार्ने हैसियत आफ्नो समूहमा रहेकाले अहिल्यै नै हतियार उठाएर जङ्गल नपस्ने उहाँले बताउनुभयो । ‘हामी जङ्गल जाने कुरै आउँदैन’ सचिव गजुरेलले भन्नुभयो-’विज्ञानको धरातललाई टेकेर अघि बढ्छौँ ।’
आफ्नो समूह पार्टीको निर्णयमा हिँडिरहेको जिकिर गर्दै उहाँले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईले बोलेपछि पार्टीको निर्णय हो भन्ने भ्रम बाहिर परिरहेको बताउनुभयो । शान्ति प्रकृया र संविधान निर्माण खारेज गर्ने आफ्नो उद्देश्य नभएको भन्दै उहाँले सबै पार्टीमा भएका देशभक्त एक ठाँउमा जुटेर राष्ट्रिय स्वाधिनता जोगाउनु पर्ने बताउनु भयो ।
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी फुटको घोषणा मात्र हुन बाँकी रहेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा मंगलबार गरेको पत्रकार भेटघाटमा बैद्य पक्षमा रहेका सचिव गुजरेलले अब छिट्टै पार्टी फुटको घोषणा हुने बताउनु भयो ।