रवि रोषी, दोहा - कतारको राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय दिवस आयोजक समिती तथा कतारको आन्तरिक मामिला मन्त्रालयको संयुक्त तत्वाधानमा साँस्कृतिक कार्यक्रमको साथै प्रवासी समुदायको लागि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम १६ डिसेम्बर शुक्रवारको दिन जैदा फ्लाईओवर र रमादा सिग्नलको राउण्डअबाउट केन्द्रबाट २०० मीटरको दुरिमा अवस्थित हमजा बिन अब्दुल मोतालिव स्कुल बिन मुहमदमा हुने भएको छ । गतबर्षको राष्ट्रिय दिवसको अवसरमा अन्तरदेशीय हाजिरी जवाफ प्रतियोगिता मात्र कार्यक्रम आयोजना गरिदै आएकोमा यस बर्ष भारत इण्डोनेशिया मलेशिया नेपाल पाकिस्तान फिलिपिन्स र श्रीलंकाका समुदायका साँस्कृतिक झलक प्रस्तुती प्रतियोगिता र प्रवासीहरुका लागि स्थापित अन्तर स्कुल हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिने भएको छ ।
अन्तर स्कुलको साँस्कृतिक प्रतियोगिताहरुमा प्रवासीहरु द्धारा साचालनमा ल्याएको १० स्कुलहरु जस अन्तर्गत डिपीएस आईएमएस एमइएस इण्डियन स्कुल आईडल इण्डियन स्कुल पाकिस्तान एजुकेशन सेन्टर बिरला पव्लिक स्कुल अलखोर इन्टरनेशनल स्कुल शन्तिनिकेतन इण्डियन स्कुल स्टाफोर्ड श्रीलंकन स्कुल भावन्स पव्लिक स्कुल र ब्राईट फु्यचर पाकिस्तानी स्कुलको प्रस्तुती रहनेछ ।
प्रवासी समुदायका प्रतिनिधी समूहहरुले आआफ्नो देशको परम्परा तथा ऐतिहासिक पहिचान झल्किने खालको प्रस्तुती प्रदर्शन गर्नेछन् भने स्कुलबाट प्रतिनिधित्व गर्ने बिद्यार्थीहरुले नितान्त कतारको बारेमा प्रस्तुती पेश गर्नेछन् । उक्त साँस्कृतिक प्रतियोगितामा प्रतियोगी समूहको सदस्यको लागि र आयोजकले तय गरेको हरेक देशका ५०-५० जनालाई कुपन बितरण गरी प्रश्न सोधिने र पहिलो पटक कुपन प्राप्त गर्ने ब्यक्तिले त्यसैको आधारमा प्राथमिकता पाउनेछ ।
प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने समुदाय र स्कुलका सहभागीहरुलाई क्रमश: तीन हजार दुई हजार र एक हजार कतारी रियाल तथा सम्मान स्वरुप पदक पनि प्रदान गरिने कुरा जनाईएको छ । नेपाल लगायत विभिन्न ८ देशका प्रवासी समुदायहरु प्रवासी स्कुले बिद्यार्थी लगायत आम उपस्थितलाई साँस्कृतिक प्रस्तुतिको प्रतिस्पर्धा पश्चात तीन तीन प्रश्न सोधिने कुरा प्रेषित पे्रस बिज्ञप्तीमा उल्लेख गर्दै जवाफकर्ताहरुलाई सोधिने प्रश्न नितान्त कतारको इतिहास परम्परा विगत र वर्तमान संस्कृति तथा कतारको पुरातन इतिहासको बारेमा र कतारको उल्लेखित बिषयहरमा जानकार नहुनेहरु सबैलाई जानकारी पनि बाँड्ने हेतुले कार्यक्रम गरिएको कतारको आन्तरिक मामिला मन्त्रालयबाट प्राप्त प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यक्रमको समापन कतारको समयानुसार साँझ ८ बजे हुने र सो कार्यक्रममा कतार राष्ट्रिय दिवसका आयोजक समिती आन्तरिक मामिला मन्त्रालयका उच्च पदस्थ महानुभाव तथा आम प्रवासी समुदायको उपस्थिती रहने छ ।