महेश्वर नेपाल
काठमाडौं मंसिर १८ अतित मुखियाको रेखा काब्य अचानो आहत, भानु सुनुवारको गजल संग्रह रहरको बिस्कुन तथा केदार संकेतद्धारा सम्पादित नियात्रा संग्रहको चुप्लु समाज काठमाडौंले आरोहण गुरुकुलमा बैरागी काइलाद्धारा एकै साथ बिमोचित गरेका छन् ।
पेशाले कानुन ब्याबसायी रहेका मुखियाको रेखा काब्य अचानो आहतमा पा“च वटा रेखा काब्य समाहित छन ७० पृष्ठको यो कृतिको मुल्यरु १२५ रहेको छ ।
त्यसैगरि कतारमा कार्यरत गितकार तथा गजलकार भानु सुनुवारको दोस्रो कृति रहरको बिस्कुन गजल संग्रहमा ७५ बटा गजलहरु समाहित छन ९३ पृष्ठको यो कृतिको मुल्यरु ने रु १०० रहेको छ ।
साहित्य संगालो डटकमले प्रकाशित गरेको छ । सो समारोहमा साहित्य संगालो डटकमले घर देश र परदेशमा बसेर कलम चलाउदै आएका बिभीन्न बिधाका श्रष्ठाहरुलाई प्रमाण पत्र बितरण गर्नुका साथै सम्मान समेत गरेको थियो ।
रेखा काब्य नेपाली साहित्यमा नया“ आयाम थपिएको र यसको सुरुवात सन २००९मा हङकङबाट सुरु भएको र हाल सम्म यस बिधामा ११ जना स्रष्ठाहरुले कलम चलाएको रेखाकाब्यका जानकार टंक सुब्बाले बताए । बुंद राणाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राज्ञ सुलोचना मानन्धर, ललित रावल बरिष्ठ समालोचक सुधा त्रिपाठी, निबन्धकार युबराज नया“घरे, रमेश पौडेल लगायतको उपस्थित रहेको थियो ।