एजेन्सी, ४ पौष
उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ ईलको निधन भएको छ । ६९ वर्षको उमेरमा उत्तरकोरियाको राजधानी प्योङयाङमा अस्ती शनिवार निधन भएको हो । इलको निधन भएको ३ दिन पछि आज मात्र त्यहाँको राष्ट्रिय टेलिभिजनले औपचारिक जानकारी दिएको हो ।
यसअघि सन् २००८ मा पनि उनलाई ह्रदय घात भएको थियो । आफ्ना बाबु किम सुङ ईलको निधन पछि सन् १९९४ मा उनी उत्तर कोरियाको राष्ट्रपति वनेका थिए ।
जोङको निधन पछि उत्तर कोरियामा उनकाका तेस्रा छोरा २० वर्षिय किम जोङउन, राष्ट्रपति वनेका छन् ।