बैदेशीक रोजगारीमा सन २००० मा कतारलाई गन्तब्य बनाएका तनहु“ बसन्तपुर– ७ का ४१ वर्षे प्रभु रानाभाटले कतार बसाईमा दुःख कष्ट सहदै आफ्ना इच्छा आकांक्ष्ाँहरु पुरा गरे । बसन्तपुरबाट बसाई सरेर भरतपुर–१० मा ३ तल्ले घर बनाएर स–परिवार त्यही बस्दै आएका छन ।
घरको डाइभरको रुपमा कार्यरत रानाभाटले सुरुका वर्षहरुमा निकै कष्टकर दिनहरु बेतीत गरे । १६÷१७ घण्टाको काम अनि कम तलब ,तर पनि उनले हरेश खाएनन् । एक थुकी सुकी धेरै सुकि नदि भने झै थोरै तलब भएपनी उनले बचाउदै गए । ७ सय तलबमा कतार अँएका उनको हाल बेसिक तलब १२ सय रियाल भएता पनि घरमालिकको विश्वास जितेकाले र गार्डेनको फोरम्यान भएकोले ओटीहरु गर्दा ३ हजार रियाल भन्दा माथी बचाउने गरेका छन ।
३ सन्तानका पीता रानाभाटले ठुली छोरीलाई डाक्टर,कान्छि छोरीलाई एयर होस्टेज र छोरालाई चार्टर ऐकाउन्टेन बनाउने सोचमा छन । उनीहरुकै भविश्यको लागि अहिले पनि प्रवासी भूमीमा पसिना बगाई रहेका उनले अब भने नेपाल फर्कने सोच बनाएका छन । उनै रानाभाटसंग गरिएको कुराकानी ।
कतार आउनु पूर्व के गर्नुहुन्थ्यो ?
पार्टनरसिपमा ट्यँक्सी किनेका थियौ,त्यही ट्याक्सी चलाउने गर्थे पछी साथीले ट्याक्सी बेचीदिएपछी बैदेशीक रोजगारीको बाटो रोजेको हु“ ।
घर डाइभरको रुपमा काम गर्दा कतिको सजिलो हुन्छ ?
घरको कामको लागि त म कसैलाई पनि नआउन आग्रह गर्छु । किनकी निकै गाह्रो हुन्छ,बिदा मिल्दैन ,१७ ,१८ घण्टा काम गर्नुपर्छ । खाने सुत्ने ठेगान हुदैन निकै कष्टकर हुन्छ । के गर्नु बाध्यताले बसियो पछी मनजित्दै गएपछी बल्ल अहिले चाही राम्रो भएको हो ।
घरको काम गाह्रो हुन्छ भन्नु हुन्छ अनि तपाई चाही फर्कर्दै आउनु हुन्छ त ?
सुरुका वर्षहरुमा मैले निकै सास्ती भोग्नु पर्यो ,अहिले पनि काम त १७,१८ घण्टा नै गर्नु पर्छ , छोराछोरीको भविष्यको लागी भने पनि अँएको हु“ । यहा“ दुःख गरे अनुसारको फल मिल्छ अनि विदेशको कमँई बचत पनि हुन्छ त्यसैले अँएको हु“ । मैले विश्वास जितेकोे घरको काम संगै गार्डेनको फोरम्यान पनि बनँएको छ । राम्रो कमाई पनि हुन्छ त्यसैले आएको हु“ । मैले त दुःख भोगे तर अन्य साथीहरुले यस्तो दुःख नभोगुन भन्ने मेरो आशय हो । अझै पनि सकभर घरको कुनै पनि काममा नआउन आग्रह गर्छु । मैले पनि अब जुनमा कतारबसाई अन्त्य गर्ने सोच बनाइसकेको छु ।
कतार आएर के पाए“ के गुमाए जस्तो लाग्छ ?
दुःख निकै पाए“ जेहोस दुःख गरे अनुसारको फल पनि पाएकोले खुशी पनि छु, । भरतपुरमा तिनतले घरबनाए,४ वटा घडेरी लिएको छु , बोडि¨मा पनि शेयर हालेको छु । यो सबै कतारबसाईका उपलब्धीहरु हुन । गुमाएको त यौवन अवस्था, Ïयामेलीको साथ र माया नै हो ।
घर फिरेपछि के गर्ने योजना छ ?
परिवारको साथमा बसेर ब्यापार गर्ने सोच बनाएको छु । हाडर्वयरको पसल थाप्छु वा माइक्रो किनेर काठमाण्डौ भरतपुर माइक्रो चलाउछु ,यी दुई मध्य के हुन्छ पछि नेपाल गएपछी नै थाहा हुन्छ ।
अन्त्यमा नेपाली श्रमिकहरुलाई तपाई‘को सन्देश के छ ?
पैसा कमाउनु भन्दा पनि बचाउनु ठुलो कुरा हो । त्यसैले थोरै भएपनि बचत गर्ने बानि बसाल्नु होला । डाइभि¨ गर्ने साथीहरुलाई विचार पु¥याएर डाइभि¨ गर्नुहोला, सानो गल्तिले पनि हाम्रो जीवन बर्वाद हुनसक्छ । जहा“ छा,ै त्यहाको नियम कानुनको सम्मान गर्नुहोला ।
प्रस्तुती– राजेश्वर ढकाल