काठमाडौ, पुस ४ - नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई मातृशोक परेको छ । पौडेलीका आमा ऋषिमाया पौडेलको सोमबार बिहान ८८ वर्षको उमेरमा निधन भएको छ । चितवनस्थित निवासमा उनको निधन भएको हो । पौडेल चितवन जाने तयारीमा छन् । बन्दले उनलाई पनि समस्या पारेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले पौडेललाई फोन गरी शोक प्रगट गरेका छन् ।
नेपाली कांग्रेसले ऋषिमाया पौडेलको निधनप्रतिमा गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसका मुख्य सचिव वसन्तकुमार गौतमद्वारा जारी विज्ञप्तीमा भनिएको छ- दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उपसभापति रामचन्द्र पौडेल लगायत सबै शोक सन्तप्त परिवारमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । स्वर्गीय पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ । स्वर्गीय पौडेलका ५ भाई छोरा र ४ छोरी छन् । Source:कान्तिपुर