तनहुँ खबर संवाददाता

दोहा-मंसिर १८ सन्ध्या गु्रप उप समिती मुग्लानी सौगात द्धैमासिक पत्रिकाको चौथो बाचन श्रृखला गत विहिवार डिसेम्बर १ तारिकका दिन आफ्नै निजी कार्यलय अल्खोरमा सम्पन भएको छ । साथै सन्ध्या ग्रुप अल्खोरका द्धितिय उपअध्याक्ष चिन्ता मणी विक लाई पनि विदाई गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष थर्चलामाको सभापतित्वमा प्रमुख अतिथी विदाई भएर जाने संस्थाका द्धितिय उप अध्याक्ष चिन्त मणि विक, अतिथिमा विरेन्द्र कुमार याक्थुम्बा , दिलीप अविरल धनेश्वर जिसी , उमेश बस्नेत , राजेन्द्र खनाल, छविरमणि, सुरज तामाङ , रहेका थिए ।कार्यक्रम नेपाली राष्टिया गान बाट सुरु भएको थियो उक्त कार्यक्रममा संस्थाका सचिव राजेन्द्र खनाल ले स्वागत मन्तव्य राखेक थिए । यस्तै दिलिप अविरले स्वर्गिय विष्णु पुलामी मगरको कविता

उभिएर सगै हामीले चढायौ देउरालीमा पाती
बाचन गरि सम्पुर्ण उपस्थितलाई उहा प्रति हार्दिक श्रद्धाजली गरि दिन आग्रह गरेका थिए । तनहूं निवासी मगरका परिवारमा आमा एक छोरी र श्रीमती हुनुहुन्छ र उहा केही समय मलेशियामा पनि कार्यरत हुनुहुन्थो र हाल उहाको केही दिन पहिले नेपालमा मृत्यु भएको खबर पाएकोे जानकारी दिएका थिए ।
कार्यक्रमको मन्तब्यको क्रमका संस्थाका निवर्तमान अध्यक्ष विरेन्द्र कुमार यक्थुबाले विदाई भएर जाने संस्थाका द्धितिय उप अध्यक्षलाई बधाई तथा शुभकामना दिएका थिए भने धनेश्वर जिसीले उहाको कार्यकालमा गरेका योगदान साथै उहा अन्त्यन्दै सकृय भई संस्थालाई यहा सम्म ल्याउनुको मुख्य भुमीका निभएका विकलाई सफल यत्राको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा विदाई भएर जाने विकले संन्ध्या ग्रुपले गरेको आफु प्रति विदाई तथा शुभकामना कार्यक्रमा नेपालमा गएर पनि कदापि भुल्न नसक्ने साथै नेपालबाट पनि केही समस्या आई परेमा सकृय भई कार्य गर्ने धारणाब्यक्त गरेका थिए ।कार्यक्रमा विक लाई सन्ध्या ग्रुप सस्थापक अध्यक्ष सुरज तामाङ ले दौसला ओडाएर विदाई गरेका थिए भने अध्यक्ष लामाले खादा ओडाएर प्रमाण पत्र प्रदान गरेकका थिए साथै भुपु अध्याक्ष धनेश्वर जि सी तथा नि वर्तमान अध्यक्ष याम्थुवाले खादा ओडाएर मायाँको चिनो प्रदान गरि विदाई गरेका थिए ।
साथै उक्त कार्यक्रमा उपस्थित सर्जक हरु सपनाहरु दिलीप अविर ,सागर श्रेष्ठ ‘प्यारो, भोला थापा क्षेत्री भावाना, छविरमणि तिमिसिन्ना गजल साथै अन्य सर्जकहरुले आफ्नो आफ्नो रचनाहरु बाचन गरि विदाई भएर जान लागेका विकलाई रचनाहरु बाट शुभकामना दिएका थिए ।
कार्यक्रको अन्त्यमा अध्यक्ष लामाले संस्थालाई अझ निरन्तरता दिने र आगामी प्रकाशन हुने मुग्लानी सौगात द्धैमासि प्रत्रिको १३ अंक को सम्पुर्ण सम्पादकीय मण्डलका लाई छिटै प्रकाशन गर्ने जोड दिदै कार्यक्रम समाप्त भएको घोषण गरेका थिए । कार्यक्रम स्रचालक संस्थाका महा सचिव चन्द्रकुमार थापाले गरेका थिए ।