बेनी,
मंसिर २२-म्याग्दीको सदरमुकाम बेनी र पर्वतको मालढुङ्गा सडक खण्डमा यातायात व्यवसायीले मनपरी भाडा असुल गर्ने प्रवृतिको अन्त्य गरी नयाँ भाडादर निर्धारण गरीएको छ । म्याग्दी , पर्वत र बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ,नागरिक समाज ,यातायात व्यवसायी, उपभोक्ता मञ्च, विभिन्न बिद्यार्थी संगठनको सर्वपक्षीय छलफलबाट बेनी मालढुङ्गाको भाडादर समायोजन गरिएको हो । यातायात व्यवसायीहरुले मनोमानी ढंगले भाडा असूल्न थालेको तीव्र जनगुनासो आउन थालेपछि भाडा समायोजनका लागि भएको बार्ताबाट बेनी – मालढुङ्गा सडक खण्डमा बस तथा जीप र माईक्रो बसको भाडा निर्धारण गरेको हो ।
१३ किलोमिटर बेनी –मालढुङ्गा सडक खण्डमा संचालन हुने बसहरुले मनोमानी तरीकाले ८० रुपैयाँ देखी १ सय सम्म भाडा असुल्दै आएकोमा भाडा समायोजन गरी ६० रुपैया र १ सय भन्दा माथि शूल्क उठाउदै आएका जीप तथा माईक्रोबसहरुमा ७० रुपैयाँ भाडादर निर्धारण गरीएको छ ।