गितामणि पाण्डे, पुस ७, युएई दुवई ।
गत शनिवार १७ तारिकका दिन संयुक्त अरव ईमिरेटस यूएईको सारजाहामा हेल्परको रूपमा कार्यरत एक नेपाली खेमराज न्यौपानेको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा गत चार वर्ष देखि युएईको सारजाहा आएका पांचथर जिल्ला घर भई स्पिट ल्किनिङ कम्पनिमा कार्यरत निज न्यौपानेको शनिवार साँझ खाना खाई सुतेका थिए । तर विहान भने मृत अवस्थामा फेला परका थिए ।
हाल उनको लासलाई दुवईको अल कासिम हस्पिटलमा राखिएको र मेडिकल रिपोर्ट तथा पुलिस रिपोर्ट नआईपुगेकोले प्रक्रिया अगाडि वढाउन नसकिएको मेडिकल रिपोर्ट र पुलिस रिपोर्ट आईसकेपछि नेपाली राजदुतावास मार्फत सम्पुर्ण हरहिसाव गरि राजदुतावासको रोहवरमा मृतकका काकाको छोराको साथमा लासलाई नेपाल पठाईने जानकारी त्यही कम्पनिका क्याम्प वोस अम्त म्रितुपिले नेपाली समाजका अध्यक्ष क्ण्ण ढकाल तथा विदुर राउतको टोलिलाई जानकारी गराएका थिए ।
उक्त घटनाले सवै नेपालीहरुमा सन्नाटा छाएको छ । परिवारलाई सुख साथ पाल्ने अभिलासा लिई छिरेका नेपालीहरुको यस्तो दुखत घडिले घर परिवार तथा सवै नेपालीहरुमा समेत दुखित तुल्याएको छ।