समिर खनाल , चितवन,मङसिर २६— कारागार भित्रै आक्रमणमा परेपछि भरतपुर मेडिकल कलेजमा उपचाररत तरुणदलका अध्यक्ष शिव पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अस्पतालले आज र्सार्वजनिक गरेको स्वास्थ्य रीपोर्टमा आखाको दुवै नानीको अवस्था राम्रो , वि पि १ सय ३० बाई ८० , तापक्रम ९९ डिग्रि फरेन्हाईट , पल्स १ सय ७० वि पि एच , एच वि ९.५ रहेको जनाईएको छ । र्घाईते आफ्नै स्वास प्रस्वास २० प्रतिमिनेट रहेको र भेन्टिलेटरबाट १० दिईएको रीपोर्टमा जनाईएको छ ।
रीपोर्टमा र्घाईतेको टाऊकोको अवस्था राम्रो बताईएको र्घाईते पौडेलकि श्रीमति विना पौडेलले कालीका एफ एम लाई जानकारी दिनुभएको छ । यसअघि हिजो पौडेलको घाटिको माईनर सल्यक्रिया गरीएको थियो । घाटिमा जमेको खकार निकाल्न र स्वास प्रस्वासमा सहजताका लागी सल्यक्रिया गरीएको अस्पतालले जनाएको छ । श्रीमति पौडेलका अनुसार र्घाईतेको स्वास्थ्य अवस्थामा पहिले भन्दा सुधार आएको छ ।
यसैविच घट्नाबारे सत्य तथ्य पत्ता लगाऊन सरकारद्वारा गठित छानविन समितिले भोली आफ्नो प्रतिवेदन र्सार्वजनिक गर्दै छ । गृहमन्त्रालयका सहसचिव शंकर कोईरालाको नेतृत्वमा गठित समितिले यसअघि घट्नास्थल भरतपुर कारागारमा आएर अनुसन्धान गरेको थियो ।कालिका एफ एम