Responsive Ad Slot

latest

मुक्तिनाथ चर्कने क्रम बढदै जादा ऐतिहासीक धार्मीक स्थल नामेट हुने खतरा I

Tuesday, December 13

/ by Admin BHOLA THAPA

चन्द्रश्वर बस्ताकोटी,
जोमसोम मसिर २७-बिगत ५ बर्ष देखी भुमीगत जलप्रवाहका कारण खतरामा परेको हिन्दु तथा बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर पुर्ण रुपले नभत्के सम्म जिर्णोद्धार नहुने होकी शका गर्न थालेका छन ।

पुरातत्व बिभागबाट उपभोक्ता समिति मार्फत कार्य गर्न १ करोड छुट्याइएको भएपनि काम हुन नसक्दा एतिहासिक घरोहर मुक्तिनाथ मन्दिर भुमिगत जलप्रवाहका कारण दिनानु दिन भासीने र भत्कने खतरा बढदै गएको छ भने त्यहाँ रहेका पुराना मन्दिर र गुम्वाहरूको संरक्षण हुन नसक्दा समस्याहरू बढ्दै गएका छन् । मन्दिर अगाडी केहि बर्ष पहिले बनाईएको गारो ठाउठाउमा चर्केर अगाडीका कुण्डहरु करिब ४ इन्च भासीएको स्पष्ट देखिन्छ । मन्दिर बरिपरिका पर्खाल, मन्दिर भित्र पश्चिम तर्फको गारो, मन्दिर परिसर शालग्राम भएको स्थात तर्फको पुर्व दक्षिण पट्टिको गारो, मन्दिर पस्ने दाया तर्फ सुचनाबोर्ड सगैको भित्ता, १०८ धाराको पुर्व तिरको भाग, मन्दिर पुग्नु अगाडी आधारका रुपमा केहि बर्ष पहिले बनाइएको संरचना चिरा चिरा परेको छ । यसै गरि मन्दिरको पछाडीबाट मन्दिर, अगाडी रहेका दुई कुण्डहरु करिब ३÷४ इन्च मन्दिर दवेका यहा पुग्ने जो कसैले पनि देख्न सक्दछ ।

तत्काल गुरुयोजना निमार्ण गरेर छिटै ममर्त कार्य थाल्न मुक्तिनाथ बिकास समितीलाई सल्लाह दिएको जिल्ला प्रशाशन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनु भयो । पुरातत्व बिभागको अध्ययनले पुर्वतर्फको भाग पश्चिमतर्फ करिब २ इन्च स्पस्ष्ट देखिने गरि ढल्किएको पाईएको पाण्डेले बताउनु भयो । मुक्तिनाथ मन्दिर भित्रको मुख्य मुर्तिसमेत चर्कीएको जानकारी आफुलाई मुक्तिनाथ बिकास समितीका मुख्य लामा एव अध्यक्ष आङग्याल लामाले दिएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद पाण्डेले बताउनु भयो । पुर्ण रुपले नभत्के सम्म जिर्णोद्धारकार्य नहुने होे की? मुक्तिनाथका पुजारी कृष्ण सुबेदीले सकां ब्यक्त गर्नु भयो । पुरातत्व बिभागले पुरातात्वीक महत्वको जिर्ण मुक्तिनाथ मन्दिर अरुलाई छुन नदिने भएकाले मन्दिरको ममर्त हुन नसकेका उद्योग बाण्ीज्य सघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनु भयो । कुन दिन ऐतिहासीक महत्बको राष्टिय सम्पत्ति भासीने हो की भन्ने खतरा बढेको छ । मन्दिर संरक्षणमा कसैले ध्यान नदिएको मुक्तिनाथ बिकास समितीसग करिब सत्तरी लाख र केन्द्रबाट १ करोड आएर पनि हाल सम्म खासै ठुलो काम गर्न नसकीएको पुजारी सुबेदीको भनाइ छ ।

मुक्तिनाथ मन्दिरमा भूमिगत जलप्रवाहले मन्दिर कुनै पनि बेला भत्कन सक्ने खानी तथा भूगर्भ विभागले पाच वर्षअघि तीन महिना लगाएर गरेको अध्ययनले जनाए पनि हाल सम्म कुनै काम हुन सकेको छैन । भूगर्भविद्हरूले भूमिगत जलप्रवाहको वहावलाई रोक्न मन्दिर वरपर भूमिगत नाला बनाउन सुझाव दिएका थिए । मन्दिर परिसरमा भूमिगत नाला बनाउदा पानीको स्रोत हराउने भन्दै स्थानियवासीले नाला बनाउने कामको विरोध गरेपछि पुरातत्व विभागबाट केहि बर्ष अगाडी विनियोजित वजेट फिर्ता भएको थियो । मुक्तिनाथ मन्दिर नजिकैको कृष्णमन्दिरमा मुसाहरुले गुँड बनाएको छ भने गारो, छाना, भुइमा प्रसस्तै प्वाल र भित्ताहरु चिरा चिरा परेकाछन् । मुक्तिनाथ मन्दिर भन्दा दुई सय वर्षपुरानो केही माथी रहेको नरशिह गुम्बाको भित्री खम्बाहरु बाङ्गीएका छन् । जुनसुकै समयमा गुम्बा भत्कने डरले त्यहाँ बस्दै आएका आनी (झुमा)हरू बस्न छाडेको धेरै भईसकेको छ ।

पुरातत्व बिभागका महानिर्देशक बिष्णु कार्की र सस्कृति मन्त्रालयका सचिब दिनेश शरि अधिकारी केहि महिना अगाडी मुक्तिनाथ क्षेत्रको अबलोकन गरि सक्नु भएको छ । अनुसन्धानकर्ताहरूले झन्डै ७ सय रोपनी क्षेत्रफलमा फैलिएको र समुन्द्रि सतहदेखि करिव चार हजार मिटर उचाइमा अवस्थित मुक्तिनाथ क्षेत्रमा कमजोर भू–वनोटका कारण जथाभावी वृक्षारोण नगर्न सुझाव दिएका छन् । कमजोर भू–वनोट र भू–स्खलनका कारणले विरुवा रोप्दा जरा र उचाइ कम भएको रोप्नु उपयुक्त हुने सुझाव दिइएको छ । नाला वनाउँदा जलस्रोत लोप हुने र मन्दिरको जगमा पनि असर पर्ने संम्भावनाले निर्माण कार्यमा अवरोध गरीएको स्थानियवासी बताउँछन् । बौद्ध तथा हिन्दू धर्मावलम्वीको साझा र पवित्र तिर्थस्थल बनेको मुक्तिनाथ हिन्दुहरुले भगवान् विष्णुको शिलारूप शालग्राममा विराज भएको बिश्वास मानीने र बौद्ध धर्मावलम्वीहरूले तान्त्रिक सिद्ध गुरु रिन पो छेसँग जोडेर हेरिने मन्दिर वि.स १८७१ मा पुन निर्माण भएको वताईन्छ । र्तिथालुहरु मन्दिरको केही पछाडि रहेका मूलहरुबाट १०८ गौमुखी धाराहरू हुदै बगेको पानीमा र दुई कुण्डमा स्नान गर्ने गर्दछन । झक्तजनहरू यही धारामा नुहाएर मन्दिरमा पूजा गर्छन् ।

कच्चि मोटरबाटो बने पछि पछिल्लो समय धार्मीक पर्यटक समेत उल्लेख्य रुपमा आउन थालेका छन । कच्ची भएपनि बाटो बनेकोमा खुसि ब्यक्त गदै यस क्षेत्रको बिकास गर्न सके मुस्ताङ मात्रै नभई राज्यकै आर्थीक रुपमा उल्लेखनिय प्रगति हुने हुदा सरकार, स्थानिय बासीन्दा र सम्बन्धित निकायले यसको एतिहासीक, पुरातात्विक एवं धामीक किर्तिलाई जोगाउन हर प्रयास गर्नुपर्ने कास्कीका तिर्थालु मनहरि त्रिपाठीले बताउनु भयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI