Responsive Ad Slot

latest

नेपाली चलचित्रलाई माया गरौं–आदित्य राज I

Wednesday, December 14

/ by Admin BHOLA THAPA
राजेश्वर ढकाल,
दोहा–हरेक शुक्रबार कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीवहिनीहरुले अब कतारमा आफुले चाहेको नेपाली चलचित्र हेर्न पाउने भएका छन । आदित्य राज प्रोडक्सनले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा चिनाउनको लागि १८ नोभेम्वरबाट हरेक शुक्रबार नेपाली चलचित्र प्रदर्शन गर्न लागेको हो ।

यसले नेपाली कला संस्कृतिलाई विदेशी बजारमा समेत चिनाउने अवसर भएकोले र नेपाली दर्शकहरुलाई चाहानालाई मध्यनजर गर्दै यो कार्यक्रको थालनी गरिएको आदित्य राजले बताए ।

आदित्य राज प्रोडक्सनद्धाराले विभिन्न देशहरुमा बम्वई, पुना, गुजरात र नेपालका विभिन्न जिल्लाहरु संगितीक कार्यक्रम गरिसकेको छ । नेपाली फिल्म क्षेत्रलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्यका साथअगाडी वढेका आदित्य राज प्रोडक्सनले नेपालमै रिलिज नभएको फिल्म कतारवासी नेपालीहरुसामु प्रदर्शन गर्न लागेको हो । आदित्य राज प्रोडक्सनका डाईरेक्टर आदित्य राज नेपाली सिने क्षेत्रको चर्चित कलाकार पनि हुन । उनले स्वर्गको बाटो,निष्ठुरी देउता र पन्चैबाज जस्ता चलचित्रमा नायकको भूमीका निभएका छन भने हिन्दी, मराठी, गुजराती फिल्ममा पनि काम गरिसकेका छन ।

हालैसालै मात्र विजय दशमीको अवसरमा मनकामना नेपाली कला केन्द्रको सहयोगार्थ हिन्दुहरुको महान् पर्व बिजया दशमी २०६८ को अवसरमा “बडा दशै साँस्कृतिक सॉझ – २०६८ मा नेपालवाट चर्चित कलाकारहरु ल्याएर सम्पन्न गरेका थियो ।

आफु एक्लोको प्रयासले यो सम्भव नभएकोले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभँई तथा दिदीवहिनीहरुले साथ र सहयोगले मात्र सफल हुने तर्क राखे । उनले चलचित्र नै नहेरी नेपाली चलचित्र पनि के हुर्न भन्ने मानसिकता अब हटाउनु पर्ने बताउर्दै नेपाली चलचित्र पनि गुणस्तरीय र विदेशी बजारमा प्रतिस्प्रधा गर्न सक्ने बनेको छ । नेपाली चलचित्र हेरर सल्लाह सुझावहरु दिन आग्रह गरे ।

पहिले दोहा सिनेमा हलमा हलिउड,बलिउड फिल्मीका पोष्टरहरु मात्र टांसिएका हुन्थे भने अब आदित्य राज प्रोडक्सनले चलचित्र प्रदर्शन गर्न थाले पछि नेपाली चलचित्रको पोष्टहरु पनि टांसिन थालिएको छ । यो पनि नेपाली र नेपाली चलचित्रको राम्रँे पक्ष्ँ नै हो । नेपाली चलचित्र मजबुरबाट आफ्नो यात्रा सुरु गरिसकेको यस प्रोडक्सनले अब आउने हप्ता म बिर्सु कसरी प्रदर्शन गर्ने भएको छ । चलचित्र हेर्नको लागि टिकटदर १०, २० र ३० कतारी रियाल तोकिएको छ ।

नेपाली चलचित्रलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्यका साथ अगाडी बढेको आदित्य राज प्रडक्सनको कदमलाई हामी सबैले होस्तेमा हैसे गर्नै पर्छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI