मुम्बई (एजेन्सी), पुस ७ - केही दिन पहिले सुटिङ स्थलबाट सुटुक्क भागेको विषयको चर्चा सेलाउन नपाउँदै पाकिस्तानी अभिनेत्री बीना मल्लिकलाई अर्को आरोप आइलागेको छ । बलिउड हट आइटम डान्सर राखी सावन्तले उनी विवाहित भएको खुलासा गरेपछि ३१ वर्षीया नायिका अप्ठयारोमा परेकी हुन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhD94_oabc5IUUfwWYK19hq_b2zrHoZtXkOEh6mmw4nluVd8RUbDMcB59iH7PU6386eCYIMgQ9JaXjBNc96U2jEi3SBiXGNydVmvEKFR0xZhZ6eLR4flMhnpKPkL3fnt-oCplAN8li0gz84/s320-rw/image.php.jpg)
झोंक्की स्वाभावकी उनले एउटी विवाहित महिलालाई
पुनर्विवाह गर्न कुनै पुरुष तयार भएको घटना अहिलेसम्म नदेखेको भन्दै बीनाप्रति हाँसोसमेत गरिन् । कमेडियन अभिनेत्री बीनाको वास्तविकताबारे बुझ्न चाहनेलाई पाकिस्तान जान उनले आग्रह गरेकी छन् । 'उनको पाकिस्तानी केटासँग विवाह भइसकेको छ,' राखीले ठोकुवा गरिन्, 'थप प्रमाण चाहिन्छ भने पनि म दिन तयार छु ।'
हालै आफूले बीनाको घरको ठेगानासमेत थाहा पाएको राखीले खुलाइन् । उनका अनुसार अभिनेत्री बीना अचेेल आफ्ना श्रीमान् अस्मितसँग मात्र नभई पूर्वर्प्रेमीसँगको सम्बन्धमा पनि रहेकी छन् । टिभी क्विन राखीले बीनालाई रियालिटी सोमा झूटो बोलेकोमा क्षमा माग्दै छिट्टै पत्रकार सम्मेलन गर्नसमेत सल्लाह दिएकी छन् ।