झापा (काँकडभिट्टा), मंसिर २६ - एमाले झापाले आफ्ना कार्यकर्तालाई पार्टीका सिद्धान्त, नीति तथा कार्यक्रम जान्न–बुझ्न प्रेरित गर्ने उद्देश्यले पहिलोपल्ट कार्यकर्ताको परीक्षा नै सञ्चालन गरेको छ ।
एमाले झापा क्षेत्र नं २ अन्तर्गत ज्यामिरगढी, दुहागढी, हल्दीबारी, चारपाने, गरामनी र अनारमनी गाविसका ५० जना अगुवा कार्यकर्ताले बिर्तामोडमा राजनीतिक विषयक लिखित परीक्षा दिएका थिए ।
उनीहरुले विद्यार्थीले झैँ १०० पूर्णाङ्कको विषयगत र वस्तुगत प्रश्नको जवाफ लेखेका थिए । परीक्षा दिनेहरुमा पार्टीको गाउँ तथा नगर कमिटीका अध्यक्ष र क्षेत्रीय कमिटीका सदस्य थिए ।
बिर्तामोडस्थित पार्टीको जिल्ला मुख्यालयमा व्यवस्थित ढङ्गले परीक्षा सञ्चालन गरिएको थियो । पार्टीद्वारा रोमणि भट्टराईको अध्यक्षतामा गठित परीक्षा सञ्चालन कमिटीले कार्यकर्ताको लिखितै परीक्षा लिएको हो ।
एमाले नीति, सिद्धान्त र कार्यक्रमबारे अध्ययन गर्न र कार्यकर्ता पङ्क्तिको राजनीतिक क्षमता बढाउन पार्टीको स्कुल विभागको पाठ्यक्रमअनुसार प्रश्नपत्र तयार गरी परीक्षा सञ्चालन गरिएको परीक्षा सञ्चालक भट्टराईले बताए ।
उत्तरपुस्तिका जाँचेर त्यसको नतिजा सम्बन्धित व्यक्तिलाई छिट्टै दिइने उनले जानकारी दिए । पहिलोपटक यस्तो परीक्षा सञ्चालन गरिएको बताउँदै भट्टराईले आगामी दिनमा गाउँ तथा वडास्तरमा समेत कार्यकर्ताको परीक्षा लिने पार्टीको योजना सुनाए ।
कम्युनिस्ट पार्टीको इतिहास, नेता, फुट र एकता, एमालेको सिद्धान्त र नीति तथा कार्यक्रम आदिका विषयवस्तुमा केन्द्रित रहेर प्रश्नपत्र तयार गरिएको थियो ।