एजेन्सी,
पौष ७-अमेरीकासंगको सम्बन्धमा पाकिस्तानले पुनः विचार गर्ने भएको छ । संसदले छिट्टै विदेश नितीका बारेमा समिक्षा गर्ने र अमेरीकासंग पाकिस्तानको सम्बन्धका बारेमा पुनः विचार गर्ने पाकिस्तानी विदेश मन्त्री हिना रब्बानी खारले बताएका छन ।
विदेश मन्त्री रब्बानी खारले २६ नोभेम्बरमा नेटोले पाकिस्तानी सैन्य चौकीमाथी गरेको आक्रमण पछि यस्तो कदम उठाएको वीवीसीले उल्लेख गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री युसुफ रजा गिलानीले विदेश नितीका बारेमा विचार गर्न यसअघि नै निर्देशन दिएका थिए ।
पछिल्लो समय अमेरिका र पाकिस्तानको सम्बन्ध चिसीदै गएको छ ।