Responsive Ad Slot

latest

ताप्लेजुङमा फेरि भूकम्पको धक्का महसुस I

Monday, December 19

/ by Admin BHOLA THAPA
ताप्लेजुङ,
पुस ४- पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा आज बिहान फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।बिहान ३ बजेर २० मिनेटमा ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कञ्चनजंगा हिमाल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय ताप्लेजु्रले जानएको छ । चारदिन अघि पनि सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

बारम्बार भूकम्पको धक्का महसुस हुन थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । यसअघि गत असोज १ गते गएको भूकम्पका कारण भत्किएको त्यस क्षेत्रका सर्वसाधारणका घर तथा सार्वजनिक विद्यालय भवनहरुको अझै पुनर्निमाण हुन सकेको छैन ।
Don't Miss
© all rights reserved
made with by netKUTI