चितवन
मंसिर २४-महिला हिंसा विरुद्वको १६ दिने अभियानको आज चितवनमा समापन गरिएको छ । गत नोभेम्बर २५ देखि सुरु भएको १६ दिने अभियान आज सकिएको हो । चितवनमा १८ वटा संघ सस्थाको संयुक्त आयोजनामा अभियानको अवधिभर नै बिभिन्न कार्यक्रमको आयोजना गरीएको थियो ।
आज भरतपुरमा जिल्ला महिला समन्वय समिति , महिला तथा बालबालीकाको कार्यालय , र जिल्ला बिकास समितिले संयुक्त रुपमा आज समापन कार्यक्रम गरेका हुन । महिला जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष पार्बति रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला बिकास समिति चितवनका सामाजिक बिकास अधिकृत कृष्णजयन्ति पौडेल , महिला तथा बालबालिका कार्यलयका पार्बति पौडेल , पत्रकार महिला मञ्च चितवनका सचिब प्रतिमा सिलवाल लगायतले मन्तब्य ब्याक्त गरेक थिए ।
उक्त कार्यक्रममा बोल्दै समितिका उपाध्यक्ष राबलले अभियान मात्रै मापन भएको र यस्ता कार्यक्रम भने निरन्तर गरिरहने बताउनुभयो । कार्यक्रममा १८ वटै संघ सस्थाका प्रतिनिधिले अभियान अवधिभर गरेका कार्यक्रम र त्यसको प्रभाबकारीताका बारेमा बोलेका थिए ।
घर शान्ति नै विश्व शान्तिको आधार , दमनको प्रतिबाद गरि महिला हिंसा अन्त गरौ भन्ने नारा सहित सुरु भएको अभियान आज किएको हो । सन् १९६० को नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिकका तानाशाह राफेल लिओनिदास त्रुजिलो मोलिनाले आफू विरुद्ध आन्दोलन गरेको भन्दै मिराबल दिदी बहिनी प्याट्रिया मर्सिडिस, मारिया अजेन्टिना मिनेरभा र एन्टोनिया मारिया टेरेसा मिराबलको हत्या गरेका थिए । यिनै दिदीबहिनीको हत्या भएको दिनलाई महिला हिंसा विरुद्धको दिनको स्मरण गर्दै अधिकारकर्मीहरुले विश्वव्यापी रुपमा अभियान संचालन गरि दिवस मनाउन थालेका हुन ।