दाङ,
पुस ४-एकीकृत नेकपा माओवादीका विदेश विभाग प्रमुख एवं पुर्व उपप्रधानमन्त्री कृष्ण वहादुर महराले थपीएको समयमा पनि शान्ति र संविधान निर्माण हुन नसके देशमा मुलधारको राजनिती उल्टीने खतरा रहेको दाबी गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दाङको १९ औ स्थापना दिवसको अवसरमा आज घोराहीमा आयोजीत कार्यक्रममा महराले राजनितीक वृत्तकै केहि शक्ति राजनिती उल्टयाउने षड्यन्त्रमा लागि परेको आरोप लगाउनुभयो ।
थपीएको ६ महिना भित्र संविधान निर्माण भएन भने देशमा ठुलै अनिष्ट आउने खतरा छ, उहाँले भन्नुभयो ।त्यसकालागि तोकीएकै समयमा शान्ति र संविधान निर्माणकालागि सवैदलहरु एकजुट हुन जरुरी छ । संक्रमणकालका नाममा राष्टीय अन्तराष्टीय शक्तिकेन्द्रहरुले दलहरुमा विवाद वढाउने, सहमति भाडनकालागि उक्साउने काम गरिरहेको उल्लेख गर्दै उहाले ति शक्तिहरुका विरुद्ध सजग रहन सवै दलहरुलाई आग्रह समेत गर्नुभयो ।