Responsive Ad Slot

latest

जातिय आधारमा संघियता हुँदैन: सुजता I

Thursday, December 8

/ by Admin BHOLA THAPA
विप्लव भट्टराई,
 इलाम, मंसिर २२ - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले जातियताका आधारमा संघियता बनाए देश टुक्रने वताएकी छिन् । कायकर्ता प्रशिक्षणका लागि सदरमुकाम आएकी कोइरालाले बिहीबार विहान पत्रकार भेटघाटमा बोल्दै अहिलेको बिकास क्षेत्रकै आधारमा प्रान्त निर्धारण गर्नु पर्नेमा जोड दिइन् ।

sujata koirala
संघियता निर्धारण गर्दा परिपक्व र जिम्मेवार ढंगले हुनु पर्ने अडान राख्दै नेतृ कोइरालाले दलगत स्वार्थले संघियता निर्धारण गर्न नहुने तर्क रािखन् । नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बन्नु पर्ने धारणा राख्दै मूलुकमा कांग्रेसको नेतृत्व आवश्यक भएको कांग्रेस नेतृ कोइरालाको दावी थियो । 'विपक्षी दलहरुले पनि कांग्रेसको नेतृत्व आवश्यक भएको वताउन थालेका छन्,' उन्ले भनिन्, 'शान्ति प्रकृया टुङ्गएि पछि संविधान जारी गर्न र नयाँ निर्वाचनका लागि कांग्रेसको नेतृत्व सरकार आवश्यक छ ।' वर्तमान बावुराम भट्टराई सरकारमा सहभागी नहुने वताउदै कोइरालाले शान्ति प्रकृयामा सघाउनकै निम्ति कांग्रेस सरकारमा नगएको वताइन् ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य रामकुमार चौधारीले मधेशवादी दल सत्ता र पैसाका लागि मरिहत्ते गरेको आरोप लगाउदै लोकतान्त्रिक आन्दोलन पछिका उपलब्धिहरुको विरोधी रहेको वताए । 'मधेशवादी दलले तराईको जनभावना अनुरुप काम गर्न सकेनन्,' उन्ले भने, 'सस्तो नारा दिएर पदमा टिकेकाहरुको वास्तविकता जनताले देखिसकेका छन् ।' एक मधेश एक प्रदेशको नारा शत्तामा टिक्नका लागि मात्र ती दलका नेताले लिएको वताउदै जातिय आधारमा कुनै पनि हालतमा राज्य पुर्नसंरचना गर्न नहुने चौधरीले अडान राखे । साभार ईकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI