Responsive Ad Slot

latest

तराईमा चिसोको कारण मर्नेको सङख्या ४० नाघ्यो, शिक्षण शस्था ठप्प I

Wednesday, December 21

/ by Admin BHOLA THAPA
नारयण सापकोटा,
काठमाडौँ पुष ६-शितलहरले पुर्वी तराई तथा मध्य पहाडको जनजिवन प्रभावित भएको छ । हालसम्म चिसोकै कारण मुत्यु हुनेको सङख्या ४० पुगेको छ । रौतहटमा ७ जनाको मृत्यु भएको छ । त्यहाँका सवै बिधालय जाडोले गर्दा बन्द गरीएको छ । त्यस्तै लहानबाट प्राप्त समाचारमा सिराहामा ३ जनाको मृत्यु भएको छ ।

उता कपिलवस्तुबाट उपचारको लागी तानसेन लगीएका कपिलवस्तु शिवनगर ९ बस्ने बिजय यादवको कठ्याङग्रीएर मृत्यु भएको छ । महोत्तरीमा चिसाले एकै गाविसका ६ सहित मङगलवारसम्म १५ जनाको ज्यान गईसकेको छ । सिरहामा चिसोले मङगलवारसम्मको जानकारीमा चार जनाको मृत्यु भएको छ ।

त्यस्तै चिसोले कठ्ङग्रीएर मर्नेको सङख्या सप्तरीमा ७ पुगेको छ । चिसोका कारण तराईका जिल्लाहरुमा पुष ५ गतेदेखि ९ गते सम्मका लागी शिक्षण शस्थाहरु बन्द गरीएको छ । यता कपिलवस्तुका सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन बन्द गरिएको छ । विगत एकसाता देखी तराईमा शितलहर शुरु भएपछि जिल्ला शिक्षा कार्यालय र सामुदायिक विद्यालयका प्रतिनिधीहरुको सहभागीतामा हिजो जिल्ला शिक्षा कार्यालय तौलीहवामा भएको सर्वपच्छिय छलफल पछि आगामी पुस १६ गतेसम्म सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

Don't Miss
© all rights reserved
made with by netKUTI