Responsive Ad Slot

latest

विद्यार्थी र व्यवसायीद्वारा जनकपुर बन्दको घोषणा I

Thursday, December 8

/ by Admin BHOLA THAPA

जनकपुर
मंसिर २२-बसको ठक्करबाट जानकी मेडिकल कलेज रमदैयाका विद्यार्थी सर्वेन्द्रलाल कर्णको मृत्यु भएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले जनकपुरमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरुले जनकपुरबाट चल्ने सबै यातायातका साधन र शिक्षणसंस्था आजदेखि अनिश्चितकालका लागि बन्दको घोषण गरेका छन् । मृतक विद्यार्थीको परिवारलाई क्षतिपूर्ति, घाईते विद्यार्थीहरुलाई उपचारखर्च, घटनामा दोषी प्रहरी र बस चालकलाई कारबाही लगायतका ६ बँुदे माग सहित उनीहरुले जनकपुरको रामानन्द चौक , पिराडी चौक लगायतका स्थानमा टायर बाली प्रदर्शन गरिरहेका छन् । आफ्ना मागहरुको बारेमा सुनुवाइ नभए देशव्यापी आन्दोलन गर्ने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । बन्दका करण जनकपुर लगायत धनुषा जिल्लाभरको जनजीवन प्रभावित भएको छ । गत मंगलबार धनुषाको मुजेलिया वाडा प्रहरी कार्यालय अगाडि ना २ ख ३४०७ नम्बरको बसले किचिएर जानकी मेडिकल कलेज रमदैयाका विद्यार्थी कर्णको मृत्यु भएको थियो । घटनामा अन्य २ जना विद्यार्थी गम्भीर घाईते भएका थिए ।

यसैबीच बसमा तोडफोड र आगजनी गरेको विरोधमा जनकपुर अञ्चल बस व्यबसायी संघले पनि हिजोबाट अनिश्चितकालिन सार्वजनिक यातायत बन्दको घोषणा गरेको छ । वस व्यवससयी संघका अध्यक्ष तेजनारायण चौधरीले आगजनी र तोडफोडबाट पुगेको क्षतिपूर्तिको व्यवस्था नभएसम्म जनकपुर अञ्चलमा सार्वजनिक यातायत नचलाउने बताउनुभयो । संघले आन्दोलनको लागि ११ सदस्यीय सँघर्ष समिति समेत गठन गरेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI