धर्मराज अधिकारी, लण्डन, डिसेम्बर ११,
तनहुं जिल्लाकोखैरेनी सेराटार र यस आसपासबाट बेलायत आइ बसोबास गरेकाहरुले तनहुं खैरेनी सेराटारसेरोफेरो समाज गठन गरेका छन । शनिबार साउथलण्डनस्थित प्लमस्टिडमा भेला भएका त्यसक्षेत्रवरपरका मानिसहरुले रत्न बहादुर गुरुङको अध्यक्षतामा एक कार्यकारिणी समिति चयन गरे ।समितिको उपाध्यक्षमा चुन बहादुर गुरुङ, सचिवमा राजेन्द्र राना, सहसचिवमा सुस्मिता गुरुङर कोषाध्यक्षमा निर्मला लामा चयन भएका छन । सदस्यहरु भने कार्यसमतिको आपसी परामर्श पछिचयन गरीने जनाइएको छ । त्यस्तै समाजले मोहन गुरुङ, कुल बहादुर थापा र लेफ्टिनेन्टकिसन गुरुङलाई सल्लाहकारमा छनौट गरेको छ ।
तनहुं खैरेनी सेरोफोरोबाट आइ बेलायतमाबसोबास गरीरहेकाहरुले संस्थाको आवश्यकता महशुस गरी समाजको स्थापना गरेका हुन । कार्यक्रमकोसंयोजन गरेका समाजसेवी मोहन गुरुङले आफ्नो गृहक्षेत्रमा सहयोग गर्ने उदेश्यलेसमाजको स्थापना गरीएको बताए । थोरै थोरै भएपनि रकम जम्मा गरेर जिल्लाका सामाजिक कार्यमाथोरै भएपनि सहयोग गर्न सकिने गुरुङले बताए ।
नयां कार्यसमतिका सदस्यहरुलाई बृद्धा नागरिकद्धयमहारानी (रामकुमारी) गुरुङ र लालधरा गुरुङले खादा मालाले सम्मान गरेका थिए । त्यस्तै बृद्धनागरिक लालाकाजी गुरुङले सल्लाहकारहरुलाई सम्मान गरे । समाजका अध्यक्ष रत्न बहादुर गुरुङलेतनहुं खैरेनी सेराटार सेरोफेरोबाट ग्रयाजुयसन गर्ने युवतीद्धय प्रनी गुरुङ, सल्सा गुरुङर कार्यक्रममा सहभागि भएका डा. आनन्द गुरुङलाई सम्मान गरेका थिए ।
कमला रानाद्धारा सञ्चालीत कार्यक्रममा स्थानीयकलाकारहरुले नाच गान गरी रौनकता थपेका थिए । समाजका प्रविण गुरुङले आंखाको निदखोसी लाने बोलको गित गाए । कलाकारहरु सुस्मिता गुरुङ, सलोनी रञ्जितकार र रुची गुरुङलेविभिन्न गितका नृत्य गरेका थिए । कार्यक्रममा रुचीले अंग्रेजी गित पनि गाएकी थिइन । सोअवसरमा उपस्थित भएका करीक ६ दर्जन बढि सहभागिहरुलाई डिजे सुनील श्रेठले रात १२बजेसम्म नचाएका थिए ।