बन्दिपुर पुस ६
तनहुँका माओबादी सभासद एबम भुमी सुधार तथा ब्यबस्था मन्त्री भिम प्रशाद गौतमलाई तनहुँका बन्दिपुरबासीले बन्दिपुरमा हिजो भब्य स्वागत गरेका छन । बन्दिपुरमा एक कार्यक्रम को आयोजना गरी मन्त्री गौतमलाई भब्य रुपले स्वागत गरीएको हो । स्वागत कार्यक्रममा बन्दिपुरबासीले बन्दिपुरमा रहेका समस्यालाई मन्त्री समक्ष राखेका थिए । मन्त्री गौतमले ति समस्यालाई आफुले चाडो भन्दा चाडो मनन गर्ने पनि बताउनु भयो । मन्त्री गौतमले तीन धारामा रहेको पिकनिक स्पट को सिलान्यास गर्नु भएको छ ।
यसै गरी भानु उच्च मा बि बन्दिपुरलाई उहाले सैक्षिक बिकासका लागि नगद ५० हजार बिध्यालयका प्राचार्य इन्द्र कुवरलाई हस्तान्तर समेत गर्नु भएको छ । बिसेस गरी गौतम बन्दिपुर नगरपालिका को उद्घाटन गर्न आउनु भएको र हाल सम्म पनि बन्दिपुर नगरपालिका बनाउने बिषयमा बिबाद कायमै रहेकोले बन्दिपुर नगरपालिका को उद्घाटन् नगरने बताउनु भएको छ । साथै उहाले बन्दिपुरमा रहेको सुकुम्बासी समस्याको समाधान पनि चाडो गर्ने प्रतिबद्द्ता ब्यक्त गर्नु भयो । त्यस्तै उहाले बन्दिपुर अस्पातल को निर्मानाधिन भबनको पनि सिलान्यास गरेको बताइएको छ ।