Responsive Ad Slot

latest

चितबन बिहानै देखि ठप्प I

Sunday, December 18

/ by Admin BHOLA THAPA

नारायण सापकोटा ,
चितबन पुष ३ -नेपाली काग्रेस चितवनले चितवनका शैक्षिक संस्था मात्र बन्दका लागि आग्रह गरेपनि चितवनको मुख्य ÷ मुख्य बजारहरु आज बिहानै देखि बन्द भएका छन् ।

नेपाली का“ग्रेस चितवनले मृतक शिब पौडेलको शवयात्रामा सहभागी हुन चितवनका विद्यार्थी, शिक्षक, अभिभावकलाई आग्रह गरेसंगै आज एक दिनका लागि चितवनका सम्पूर्ण शैक्षिक संस्था मात्र बन्द गर्न आग्रह गरेका थिए । तर चितवनको मुख्य ÷ मुख्य बजारमा भने विहानै देखि बन्दको प्रभाव परेको छ । नारायणगढको लायन्सचोकमा दर्जनौं युवाहरु जम्मा भएर टाएर बालेर प्रदर्शन गरिरहेका छन् भने मुख्य राजमार्गमा सवारी साधन तेस्राएर बाटो अवरुद्ध गरेका छन् ।

यता भरतपुर नगरपालिकामा तोडफोड भएको छ । ४ ओटा मोटरसाईकलमा लौरी सहित झण्डै १० ,१२ जनाको समुहमा आएका युबाहरुले भरतपुर नगरपालिकाको बा १ झ, ८९३१ नंबरको गाडी र नगरपालिका भबनमा तोडफोड गरेको भरतपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत टिकाराम कडेंलले जानकारी दिनु भयो ।

उता पूर्बी चितबन पनि तनाब ग्रस्त बनेको छ ।पौडेलका सर्मथकहरुले आज बिहानैबाट पूर्बी चितबनका बिभिन्न स्थानमा प्रर्दशन गरीराखेका छन् । प्रर्दशनका क्रममा उनिहरुले पूर्बि चितबनमा रहेको नेपाल बैंक लिमिटेड र दुरसंचार कार्यलयमा तोडफोड गरेका छन् भने रत्ननगर नगरपालिकामा समेत तोडफोडको प्रयास गरेका थिए ।

आज विहानै देखि चितवनको मुख्य बजार नारायणगढ भएर कुनै पनि लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालनमा आउन सकेको छैन् । बजार क्षेत्रका पसलहरु समेत स्वतस्र्फुत रुपमा खुलेको छैन् । नारायणगढको पुलचोक, शहिदचोक, भरतपुरको चौविसकोठी लगायतका क्षेत्रमा दर्जनौं तरुणदलका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
तरुणदलका कार्यकर्ताहरुले नेपाली का“ग्रेस चितवनका सभापति विकास कोइरालालाई निलम्बन गर्नुपर्ने, मृतक पौडेललाई शहिद घोषणा गर्नुपर्ने जस्ता माग अघि सारेका छन् । आफुहरुको माग पुरा नभए सम्म प्रदर्शन जारी राख्ने उनीहरुले बताएका छन् ।यता नेपाली का“ग्रेसले भने आज शैक्षिक संस्था बाहेक अन्य सबै क्षेत्र सुचारु रहेको जानकारी दिएको छ ।
का“ग्रेस चितवनका सदस्य सरिता केसीले दिएको जानकारी अनुसार सहमती भएमा शव भरतपुर विमानस्थलवाट नारायणगढको क्याम्पाचौरमा श्रदाञ्जली सभाका लागि राखिने छ । श्रदाञ्जली सभापछि शवयात्रा निकालिने र शवयात्राले भरतपुर, नारायणगढ क्षेत्र परिक्रममा गरेर पवित्र तिर्थस्थल देवघाट लगेर अन्त्येष्टि गरिने छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI