भोला थापा क्षेत्री
अल्खोर कतार डिसेम्बर १७ — सन्ध्या ग्रप अलखोरले एक कार्यक्रमका विच संस्थाका संस्थापक सदस्य तथा भूपू अध्यक्ष धनेश्वर जिसी‘भेलभाई’ को सम्मानसंगै विदाई गरेको छ । ‘समाज विकाशमा प्रावासीको योगदान’भन्ने उद्धोषलाई आत्मासाथ गर्दै स्थापना भएको संध्या ग्रप अल्खोरले आफ्नै कम्पनी अल्मीस्नाथमा रहेको आनै निजी कार्यलय मा १५ डिसेम्बर विहीबारका दिन सम्मान का साथ बिदाई गरेको छ ।
भेलभाईलाई रेगीस्थानी कवि तिर्थसंगम राई ,युवा समाज सेवी नेम गरुङ, खादा ओडाए भने संस्थाका प्रमुख सल्लाकार विरेन्द्र कुमार यक्थुवाले सम्मान पत्र , महासचिव चन्द्र कुमार थापले आजिवनी सदस्यता हस्तन्त्रण ,संस्थाका सहयोगी विजय कुमार यदबले मायाको चिनो तथा संस्थाका अध्याक्ष थर्चलामाले दौसल्ला ओडाएर सम्मान गरेका थिए ।
सम्मान तथा विदाई कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी अनेसास तथा नवोदित मोवाइल पुस्तकालयका उपाध्यक्ष तथा रेगिस्तानी कवि तिर्थ संगमले भेलाभाईले दोहाको परिवेशमा खेल्नु भएको भूमीकाको खुलेर प्रसंसा गरेका थिए । उनले मोसफलमा रहेर पनि सन्ध्या ग्रुपले निभाएको भुमीका निकै अतुलनिय रहेको र यो संस्थालाई यहा सम्म पु¥याउन उनको ठुलो हात भएको पनि तर्क समेत राखे । कवि संगमले भोली नेपालमा पनि यसरी नै समाज सेवा प्रति निरन्तर दिदै जुन काम को योजन बुनेर जान लागेको हो त्यसको लागी सफलताको कामना पनि गरेका थिए ।
ब्यक्तब्य राख्दै नेपाल प्रवासी तामाङ सेवा समाजका प्रमुख सल्लाहकार सुक बहादुर तामाङले समाजिक संघ संस्थाहरुमा भेलभाईको योगदानको चर्चा गर्दै हाम्रो संस्थालाई पनि उहाले ठुलो सहयोग गर्नुभएको बताए । ब्यक्ताहरुले भेलभाईले खेलेको भूमीकाको चर्चा गर्दै नेपालमा जुन उदेश्य र योजना लिए जान लागनुभएको छ त्यो सफल होस भन्ने कामना गरेका थिए यूवा समाज सेवी नेम गरुङ, मुग्लानी सौगात द्धैमासिक पत्रिकाका ब्यावस्थापक भोला थापा , संस्थाका प्रमुख सल्लाहाकार विरेन्द्र कुमार यक्थुम्बाले पनि शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा दिलिप अविरल विदाई कविता वाचन गरे भने नवोदित साहित्यिक मोवाईल पुस्तकालयाका संयोजक राजेश्वर ढकालले गजलबाचनसंगै विदाई गरेका थिए ।
सम्मान पछि बोल्दै भेलभाईले आफु यो सम्मानको लायक नभएता पनि सम्मान गरेकोमा धन्यवाद दिदै , नेपाल गए पनि संन्ध्या गु्रप संस्थालाई केही परेको सल्लाह सुझाव दिने बताए ।
विगत २००२ बाट कतार प्रबेश प्रश्चात करिब १० बर्षको अबधिमा सध्या गु्रप, मुग्लानी सौगात द्धैमासिक पत्रिका लगायत कतार स्थित विभिन्न संघ सस्थामाहरुमा समेत आबद्ध रहि विविध सामाजिक सेवामा कार्यहरु गरेर कतारमा भेल भाई उपनामले चर्चित भएका जिसी आफनो लामो कतार बसाईलाई अन्त गर्दै यसै साता स्वदेश फर्कन लागेका हुन ।
कार्यक्रको अन्त्यमा सम्बोधन गर्दै संस्थाका अध्याक्ष लामाले भेल भाईले दिनु भएको देनलाई सम्मानले मात्र नपुग्ने तर वांहालाई नेपालमा रहेर पनि संन्ध्या गु्रपलाई सल्लाह सुझाव तथा सहयोगको अपेक्षा गर्दै उहाले केही कार्य सोच लिएरा जानु भएको ले उहाको हरेक कार्यहरुले सफलता प्रदान गरुन भन्ने शुभेन्छा प्रकट गरे ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष थर्चा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका महा सचिब चन्द्र कुमार थापाले स्वागत मन्तब्य तथा सचिव राजेन्द्र खनालको संचालनमा समापन भएको हो ।