काठमाडौं, पुस ६ - डेढ करोड रुपैयाँको बाउन्स चेक दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा कारोबारी पंकज अधिकारीलाई मंगलबार पक्राउ गरेको हो ।
उनले मीना कार्की प्रधानलाई ऋण लगेको एक करोड २३ लाख रुपैयाँ र बुटवलकी कमला कार्कीलाई दिएको ४२ लाख रुपैयाँको चेक बाउन्स भएको थियो । उनले क्लिन इनर्जी र रिलायबल इन्भेस्टमेन्ट वित्तीय संस्थाबाट भुक्तानी दिने गरी चेक बनाइदिएका थिए । चेक लिएर पैसा लिन जाँदा खातामा पैसा नभएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले त्यसैका आधारमा उनलाई पक्राउ गरेको हो । source:ekantipur.com