Responsive Ad Slot

latest

नेपाल एयरलाइन्सको लापरवाहीको कारण कतारबाट उडेका १५० यात्रुहरु अलपत्र I

Thursday, December 22

/ by Admin BHOLA THAPA
चोलेश तिवारी, काठमाण्डौँ, पौष ७,


नेपाल एयरलाइन्सको लापरवाहीका कारण एक सय पचास यात्रुहरु त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् । वुधवार कतारको दोहा अन्तराष्ट्रिय विमानस्थलबाट नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरेको नेपाल एयरलायन्सले यात्रुहरुको लगेज छोडिदिएको कारण यात्रुहरु विमानस्थलमा नै अलपत्र परेका हुन् ।

कतारको समय अनुसार दिउ“सो २ बजेर ५५ मिनेटमा उड्नु पर्ने एन ए २३० विमान करिब दुई घण्टा ढिलो गरी ४ बजेर ५० मिनेट मात्र उडान भरेको त्यसमा पनि यात्रुहरुको लगेज छोडिदिएकोले यात्रुहरु समस्या परेका छन् । लगेज छोडिएका कारण यात्रुहरुलाई खान र बस्नको लागि आवश्यक समान तथा खर्च पनि साथमा नभएकोले अलपत्र परेका छन् । यस बारे एयरलाइन्समा सोध खोज गर्दा कसैले चासो नदेखाएको यात्रुहरुले गुनासो गरेका छन् ।

नेपालको विमानस्थलमा वदमासी,लापरवाही र गैह्र जिम्मेवारी काम धेरै हुन्छन् । यस्ता विषयहरुमा बर्षौदेखि निरन्तर रहदै आएको यो श्रृंखला अझ झन मौलाउदै गएको छ । बुधबार पनि यस्तै भयो कतारबाट नेपालका लागि उडान भरेको नेपाल एयरलाइन्समा आएका यात्रुहरुको सामान कता गयो कता , सामान नपाएर सवै यात्रुहरुको विमानस्थलमा नै विचल्ली बन्न बाध्य बनाईएका हुन् । लगेजका विषयमा एयरलाईन्सका कर्मचारीलाई सोधखोज गर्दा कर्मचारीले न त कुनै सुचना नै दिन सके न त यात्रुहरुलाई लगेज सुरक्षित छ भन्ने विषयमा विश्वास दिलाउन सके । लगेज नआएका कारण आफनो मुलुक फर्किसक्दा पनि आफनो घर फर्कन नसकेका यात्रुहरुलाई एयरलायन्सका कर्मचारीले कुनै प्रतिक्रिया पनि दिन चाहेनन् ।

अन्तत् आफना समस्या संचारमाध्यममा पु¥याउन बाध्य भएका यात्रुहरु आफना लगेज छिटो पाउने आशमा छन् । संचारकर्मीहरुको सोधीखोजीमा पनि एयरलाईन्सका कर्मचारीले यस विषयमा केही बोल्न चाहेनन । अन्तमा सञ्चारकर्मीहरुको सहयोगमा पर्यटन मन्त्री लोकेन्द्र विष्टका स्वकीय सचिव नैनसिंह वलीसंग पिडीत कतार एनआरएनका सदस्य डम्बर अर्जुन रसाईलीको सम्पर्क भएपछि आफ्नो समस्याबारे गुनासो गरेगछी उनीहरुलाई सामान नआदा सम्म खाने वस्ने ब्यवस्था गरीयो । सचिव वलीसंगको कुराकानी पछि बेखर्ची यात्रुहरुलाई खान र बस्नको लागी एयरलायन्सले जिम्मा लिने भएको छ । तर पनि खाडी मुलुकबाट आफनो मुलुक फर्केका आफ्ना नागरिकहरुमाथि राष्ट्रको ध्वजावाहक विमानले गर्ने व्यवहार यही हो त ? धेरै प्रश्नहरु उठिसकेको नेपाल एयरलाइन्समाथि अर्को पनि प्रश्न थपिएको छ ? कहिले सम्म यस्तो हुने हो ? कहिले सुधार हुन्छ नेपाल एयरलाइन्स ?सोलिडारिटी खबर
Don't Miss
© all rights reserved
made with by netKUTI