Responsive Ad Slot

latest

इन्सेकद्वारा दमौली कारागारका बन्दिहरुलाई त्रिपाल प्रदान I

Thursday, December 15

/ by Admin BHOLA THAPA
दमौली,
२९ मंसिर-इन्सेक जिल्ला कार्यलयले जिल्ला कारागार तनहँुका बन्दिहरुलाई त्रिपाल प्रदान गरेको छ । इन्सेकद्वारा बिहीबार जिल्ला कारागारमा आयोजित कार्यक्रममा इन्सेक संयोजक सवनम शर्माले २ हजार रुपैयाँ बराबरको २ थान त्रिपाल कारागार प्रमुख तिर्थराज खनाललाई हस्तान्तरण गरिन ।
गत मंसिर २७ गते इन्सेकले गरेको कारागार अनुगमनको क्रममा स्थान अभावको कारण बन्दिहरु खुला आकाशमुनी सुत्न बाध्य भएको पाईएपछि त्रिपाल प्रदान गरिएको हो । २५ जनाको क्षमता रहेको घ श्रेणीको तनहँु कारागारमा हाल ७१ जना थुनुवा र ५९ जना कैदि सहित १३० जना बन्दिहरु रहेका छन् ।
क्षमताको पाँच गुणा भन्दा बढि बन्दिहरु रहेको हुँदा आफूहरुलाई बस्न र सुत्न असाध्यै समस्या परेको बन्दिहरुले बताएका थिए । स्थान अभाव हुँदा ३६ जना बन्दिहरु बाहिर खुला ठाउँमा भुँईमा सुत्नु पर्ने बाध्यता रहेको छ । क्षमता भन्दा बढि बन्दि भई सुत्ने स्थानको अभाव भएको हुँदा बाहिर खुला स्थानमा पाल टाँगेर सुत्नु पर्ने अवस्था रहेको बन्दिहरुले बताएका छन् । बाहिर जुत्ता चप्पल राख्ने स्थानमा दाँया वायाँ २ वटा पाल टाँगेर ३६ जना बन्दि भुँईमा सुत्नु पर्ने अवस्था रहेको बन्दिका नाईके प्रेम परियारले बताए । पाल मुनी सुत्नु पर्दा राती पानी परेर चुहिने त्रास पनि बन्दिहरुमा रहेको छ ।
कारागार प्रमुख तिर्थ खनालले इन्सेकले प्रदान गरेको त्रिपालले केही मात्रामा भए पनि बन्दिहरुको समस्या समाधानमा सहयोग पुग्ने बताए । उनले यस अघि जिविस नगरपालिका लगायत धेरै कार्यालय तथा संघ संस्थाहरुलाई त्रिपाल सहयोग गर्न पत्राचार गरे पनि रेडक्रस बाहेक अन्य कसैले पनि उपलब्ध नगराएको बताए ।
इन्सेक जिल्ला संयोजक सवनम शर्माले कारागार भित्र सुरक्षित तरिकाले बस्न पाउने बन्दिहरुको पनि अधिकार भएको हुँदा इन्सेकले सानो सहयोग गरेको बताईन् । इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले अनुगमनको क्रममा बन्दिहरु निकै त्रासमा रात विताउनु पर्ने अवस्था रहेको देखिएपछि अन्य सरोकारवाला संघ संस्थालाई दवाव र सन्देश स्वरुप त्रिपाल उपलब्ध गराएको बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI