Responsive Ad Slot

latest

स्याङ्गजामा जीप दुर्घटना १ को मृत्यु I

Sunday, December 4

/ by Admin BHOLA THAPA

स्याङजा,
मंसिर १८-स्याङजा, जिल्लाको पिढीखोला ३ मा आज बिहान भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् । पिढीखोलाबाट बायटारी हुदै गलेङ्ग आउँदै गरेको ग १ च ४३८४ नम्बर जीप पिढीखोला ३ सापकोटा टोलमा दुर्घटना हुदाँ पर्बत शालिग्राम ९ बस्ने अनिता श्रेष्ठको मृत्यु भएको पिढीखोला प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १० जनाको बालिङ्ग प्राथिमक स्वास्थ्य केन्द्रमा उपचार भएको छ ।

 यस्तैसर्लाहीको सदरमुकाम मलंगवा स्थित नेपाल टेलिकममा काम गर्ने एक कर्मचारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । टावरमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु हुने कर्मचारीको नामठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI