दोहा–रोजगारीको सिलसिलामा कतारको एककम्पनीमा सिट्री¨ कार्पेन्टरको रुपमा कार्यरत पर्वत मल्लाज–२ का २३ वर्षे सोम बहादुर दमाईले आर्थिक सहयोगसंगै घर जानको लागि पहल गरिदिन आग्रह गरेका छन । ८ नोभेम्वर २०१० मा कम्पनीको कामगरिरहेकै अबस्थामा माथीबाट सेÏिट नेटहरु खसेर उनलाई लागेको थियो । १० महिना समय सम्म हमादमा बिताएर उनी अहिले भने क्याम्पमा फर्केका छन ।
खान,बस्न र तलब सुविधाहरु दिए पनि क्याम्पमा आएको ४ महिना बितिसक्दा कम्पनीले आज भोली भन्दै घर जानको लागि कुनै पहल नगरेको दमाईले बताए । उनलाई पर्वत सेवा समाजका पदाधिकारीहरुले भेटेपछि नेपाली नियोगसंगको सहकार्यमा छिट्टै पाउनुपर्ने सुविधाहरु र नेपाल पठाउन पहल गर्ने आश्वासन दिएर आएको समेत समाजका कोषाध्यक्ष्ँ आइबहादुर खत्रिले जानकारी दिए । दुर्घटना पछि सोमको शरिरको कम्मर देखी तलको कुनै पनि भाग चल्दैन ।
दिसाब, पिसाबको लागि पनि साथीहरुको सहायता चाहिने उनले नेपालमा गएर पछि उचित उपचार पाए आफ्नो कम्मर मुनीको भाग पहिले कै अवस्थामा आउन सक्ने आश राख्दै कतारबासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुबाट आर्थिक सहयोगको अपेक्षा गरेका छन । सहानियाको एक क्याम्पमा थलिएर बसेका उनलाई भेट्न र सहयोग गर्न चाहानेहरुले निज बिरामीको ३०२२९८१३ मा सम्र्पक गर्न सक्नेछन ।