सृजना राना, तनहुँ
मंसिर, २७ -तनहुँको क्यामिन–६ बर्लाचीका एक कृषकले गोलभेडा खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गोलभेडा खेतीबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय बाबुराम लम्सालले व्यवसायिक गोलभेडा खेती सुरु गरेका हुन् ।
२०६० सालबाट व्यवसायिक गोलभेडा खेती सुरु गरेका लम्सालले गोलभेडा खेतीबाट यस वर्ष ८० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेका छन् । साथै लम्सालले गर्नुभएको उखु खेतीले पनि राम्रो बजार नपाए पनि अहिले भने उत्साहजनक आम्दानी गर्न सकेको बताए । लम्सालले गोलभेडा खेतीबाट नै आफ्नो ७ जनाको परिवारका लागि आवश्क पर्ने खर्च तथा छोराछोरीको पठन पाठनका खर्च समेत सञ्चालन गरी केही रकम बचत समेत हुने गरेको बताए ।