Responsive Ad Slot

latest

आसामदेखि नेपालसम्म गीत गाउँदै मिलन I

Wednesday, December 14

/ by Admin BHOLA THAPA
सुमन बैरागी
काठमान्डौ मंसिर २८-एक दशक गायन यात्रामा निरन्तर लागि परेकी गायिका मिलन आमात्य आसामदेखि गीत गाउँदै अहिले नेपालमा आइपुगेकी छिन्। परिवारको माया र प्रेरणाबाट संगीतमा लागिपरेकी मिलन आमात्य भारतका विभिन्न प्रसिद्ध गायक संगीतकारहरुको संगत गर्दै आफ्नो गायन पेशालाई मजबुत बनाउँदै सांगीतिक मैदानमा उत्रिएकी हुन्। अल इन्डिया म्यूजिककल कम्पिटसनमा फस्ट रनरअप भएपछि झन् मिलनमा संगीतमा लाग्ने उर्जा थपिँदै गयो। उनले अहिलेसम्म नेपाली भाषाका कान्छी मेरो मन आशा तृष्णा बाडुृली र मायाको इन्द्रेणी गरी १० एल्बम आसामी भाषामा खुनेमानी आको अनुपमा कुँवली रंगढली गामुसा मिलनर रिङ राजस्थानीमा घुँमर रुमाझुमा चुँडीदारगजरो र देव महारोरे लगायतका ४० एल्बममा स्वर दिइसकेकी छिन्। करिब ३०० वटा गीतहरुमा स्वर दिइसकेकी मिलन आमात्यले नेपालका पूर्वीभागका मुख्य शहरहरु भारतका दिल्ली कोलकत्ता मुम्बई चेन्नाई जयपुर नागपुर सिलिगुडी गान्टोक दार्जिलिङ लगायतका क्षेत्रमा आफ्नो प्रतिभालाई स्टेजमा उतारिसकेकी छिन्।

मिलन आमात्य आसामबाट नेपाल छिरेपछि गत मंगलबार बेलुकी नेपाली संगीतकर्मी र संचारकर्मीमाझ आफ्नो गायकी क्षमता प्रस्तुत गर्नमा पनि व्यस्त देखिइन्। सुमधुर स्वरकी धनी मिलनले जाडो मौसमलाई गीत संगीतमा परिवर्तन गरेर तातो महसुस गराएकी थिइन्। दर्शकदीर्घामा रहेका संगीतकर्मी संगीतप्रेमी र संचारकर्मीलाई आफ्नो सुमधुर स्वरले मन्त्रमुग्ध पार्दै गायिका मिलन आमात्य गाउँदै थिइन्। उनले आफ्नो नयाँ एल्बम ुमिलनुको विमोचन कार्यक्रमसँगै आफ्ना एल्बममा समावेश रहेका चार पाँचवटा गीत प्रस्तुत गर्नुका साथै स्व।तारादेवीका दुई गीत पनि गाउन सफल भइन्। आफ्नो गायकी प्रस्तुत गरिसकेपछि ुमिलनु एल्बम विमोचन कार्यक्रमको सुरुवात भएको थियो। वरिष्ठ संगीतकार प्रेमध्वज प्रधान सदाबहार अभिनेत्री करिश्मा मानन्धरले मिलन एल्बमको विमोचन गरेका थिए भने उपत्यका ट्राफिक प्रहरी प्रमुख गणेश राईले मिलन एल्बमको एक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका थिए। कार्यक्रममा मिलन एल्बम रेकर्डिङमा सहयोग पुर् याउने सहकर्मी एल्बमका गीतकार म्यूजिक भिडियो निर्देशक मोडलहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
Don't Miss
© all rights reserved
made with by netKUTI