Responsive Ad Slot

latest

पाकिस्तानी नायिकाको नग्न तस्बिर I

Sunday, December 4

/ by Admin BHOLA THAPA
इस्लामावाद , मंसिर १८ - एक भारतीय म्यागजिनले पाकिस्तानी नायिका बीना मलिकको पाखुरामा आईएसआई लेखिएको नग्न तस्बिर छापेको छ, यसले पाकिस्तानमा हलचल मच्चाएको छ ।



नायिकाको नग्नता र पाकिस्तानको गुप्तचर निकाय (आईएसआई) लेखिएको कारण कट्टरपन्थी मुस्लिम मुलुक पाकिस्तानका धेरैले आक्रोश व्यक्त गरेका छन् । बीनाको नग्न तस्बिरले टि्वटर र फेसबुकसमेत तताएको छ । बीनाका प्रवक्ताले भने यस्तो तस्बिर कहिल्यै नखिचाएको बताएका छन् । यो तस्बिर प्रकाशन गर्ने एफएचएम पत्रिकाका सम्पादक कविर शर्माले भने आफूसँग यसको भिडियो फुटेज लगायत प्रमाण रहेको दाबी गरेका छन् ।

'उनको पाखुरामा आईएसआई लेख्ने सोच मेरै हो तर बीनाले भने यसलाई बोल्ड अक्षरमा लेख्ने भनेकी थिइन्,' कविरले भने । तस्बिरको उद्देश्य व्यंग्य गर्न खोजिएको उनले बताए । 'कुनै नराम्रो भएको छ भने यसको पछाडि आईएसआईको हात हुनुपर्छ भन्दै हामी भारतमा व्यंग्य गर्छौं,' उनले भने । म्यागजिनको डिसेम्बर संस्करणको कभरमा बीनाको नग्न तस्बिर छापिएको छ ।

यसअघि पनि यी नायिका विवादमा तानिएकी थिइन् । सन् २०१० मा भारतीय टेलिभिजनको रियलिटी सो बिग बोसमा देखिएपछि पाकिस्तानी कट्टरपन्थी आक्रोशित भएका थिए । यसै वर्ष मार्चमा फेरि उनी चर्चामा आइन्, पाकिस्तानी इस्लामिक मौलानाको विचारलाई चुनौती दिँदै । कट्टरपन्थी मौलाना अब्दुल क्वाबीले शनिबार उनको तस्बिर विवाद 'सम्पूर्ण मुस्लिमका लागि लज्जास्पद' भएको बताए । पाकिस्तानी गृहमन्त्री रेहमान मलिकले चाहिँ 'सत्य हो कि होइन पहिले हेर्नुपर्छ' भनेका छन् ।
साभार : ईकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI