Responsive Ad Slot

latest

बिहे गर्ने सोचमा यम I

Wednesday, December 7

/ by Admin BHOLA THAPA

अमर खड्का, इटहरी, मंसिर २१ -गायक यम बराल आफू बिहे गर्न केटी खोजिरहेको बताउँछन्। श्रीमती आकृति राणासँग डेढ महिनाअघि औपचारिक सम्बन्धविछोड गरेपछि बराल अर्को बिहे गर्ने तयारीमा लागेका हुन्। सम्बन्ध बिछोड गरे पनि सामान्य देखिएका बरालले भने, 'मैले यसलाई सामान्य ठानेको छु।' सामान्य, शिक्षित र घरेलु स्वभावकी युवतीसँग बिहे गर्ने सोचाइ रहेको उनले खुलाए। पाँच वर्षीय छोरा आरोग्यलाई हुर्काउने दायित्व समेत बहन गर्ने जीवनसाथी उनलाई चाहिएको छ।


सम्बन्ध विच्छेद गरेपछि आरोग्यको सम्पूर्ण जिम्मेवारी यमको काँधमा छ। केटीको खोजीमा भए पनि उनी बिहेको अलमलमा परेर करियर बिगार्न चाहँदैनन्। 'छोरा मान्छे हुँ मलाई साहरा चाहिन्छ तर तत्काल करिअरकै बारेमा सोचेको छु,' उनले भने, ‘अब मैले बिहे गर्ने केटीको अन्तिम टुङ्गो लगाउने जिम्मा घर परिवारलाई।'


आफ्नो परिस्थिति सबै जानकारी गराएर मात्र लगनगाँठो कस्ने योजनामा छन् उनी। छिट्टै विवाह वन्धनमा बाँधिने निधो गरे पनि ज्योतिषले असारअघि नगर्नू भनेकाले उनी अन्योलमा छन्।


अमेरिका गए पनि छोराले पुर्ख्यौली थलो नबिर्सियोस् भनेर इलामको फिक्कल गएको उनले बताए।


'अमेरिकामा हुँदा म सांगीतिक कार्यक्रममा व्यस्त भएँ। परिवार लगेको भए अरू काम पनि गर्नुपर्थ्यो,' बरालले भने, 'मिल्ने प्रयास धेरै गरे पनि डिभोर्स भएरै छोड्यो।' परिवारलाई अमेरिका नै लगेको भए यस्तो परिस्थिति आउने थिएन कि भन्ने लाग्छ उनलाई।


व्यक्तिगत स्वतन्त्रतालाई ख्याल गरेरसम्बन्ध विच्छेदलाई आफ्फूले सजिलै स्वीकार गरेको उनले खुलाए।
Source:Nagriknews
Don't Miss
© all rights reserved
made with by netKUTI