सृजना थापा मगर
दुलेगौडा-मंसिर २०-जेष्ठ नागरिक सेवाकेन्द्र दुलेगौडा झरौटा तनहुँको आयोजनामा १६ गते देखि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान तथा धनधान्याचल महायज्ञ २०६८ को आज पाचौ दिन पनि भक्तजनको उल्लेख्य सहभागीता रहेको छ । दानवीरहरुद्धारा दानदिने क्रम जारिनै रहेको छ ।

यज्ञमा संगितमय प्रवचनको लागी प्रमुख भागवत वाचक युवा पण्डित कमलनयन गौतमले भागवतवाचन गरिरहनु भएको छ । विभिन्न ठाउबाट श्रद्धालु भक्तजनहरुको यज्ञ स्थलमा भित्रने क्रम जारी नै रहेको छ ।
अहिले सम्म २५ लाख ९सय २२ दान रकम संकलन भएको छ । अस्ति लेखनाथ नगरपालीकाका श्रीलाल बस्यौलाले १६ लाख बराबरको भुमी दान गर्नु भएको छ भने हिजो सबैभन्दा धेरै दान दिने दुलेगौडा निवासी भुपानन्द खनाल र रेवती खनालले १ लाख ११ हजार १ सय ११ रुपैया दान गर्नुभएको छ । । यज्ञबाट उठेको रकमले आश्रम सहित यज्ञशाला ,गौशाला ,गुरुकुल निर्माण गरीने ,जेष्ठ नागरीकलाई आवास खानपान औषधि उपचारको व्यवस्था गर्ने आयोजकले लक्ष्य राखेको छ ।